Sunday 4th October 2026

३ वर्ष विदेश बसेर स्वदेश फर्केका जुम्लाका लालचन्द्र कुखुरा पालनमा मालामाल


तितोपाटी- जुम्ला जिल्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँका लालचन्द्र चनारालाई कतारबाट फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर रोजगारीका लागि उडेका चनाराले झण्डै ३ वर्ष कतारको तातो घाममा बिताए । तीन वर्षमा स्वदेश फर्किसकेपछि गाउँमै कुखुरा पाल्न थालेका चनाराले राम्रै कमाइ गरेका छन् । स्वदेश फर्किएको केही समयपछि उनलाई फेरि विदेश जान मन लागेको थियो । तर उनले परिवारसँगै बसेर गाउामै कुखुरा पालन व्यवसाय गर्न थालेपछि राम्रै आम्दानी हुन थालेको बताए ।

‘अब विदेश जानु पर्दैन’ उनले भने, ‘घर परवारसँगै बसेर विदेशमा जस्तै कमाइ गर्न सकिन्छ ।’ रमिला पोल्टी फर्म दर्ता गरेर व्यवसाय थालेका चनाराले अहिले मासिक ५० हजार रुपैयाँ कमाइ हुने गरेको बताए । विदेशमा दुख गरेपनि कमाइ गर्न नसकेपछि उनले गाउँकै हस्त बुढासँग मिलेर संयुक्त रुपमा कुखुरा पालन गर्दै आएका छन् ।

५ लाख रुपैयाँ लगानी गरेका चनाराले विभिन्न जातका कुखुरा पालेका छन् । पहिला दैनिक बेरोजगार बनेर डुल्ले हस्त बुढा आजभोली परिश्रमी बनेको उनकी आमा मन्नु बुढाले बताइन् । त्यस्तै लालचन्द्र चनाराकी आमा कितु चनारा पनि उस्तै खुसी छिन् । विदेशबाट आएका अधिकांश युवा गाउँ घरमा नबसेपनि आफ्ना छोराले गाउँमै कुखुरा पालन गरेकाले खुशी लागेको कितुले बताइन् ।
चनाराको खोरमा हाल झण्डै २ सय ५० भन्दा बढि कुखुरा छन् । सिजन अनुसार कारोबार राम्रो हुने गरेको छ । ‘विदेशमा भौतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो, चनाराले भने, ‘बिदेसिएकाले कमाउन भन्दा राम्रो सुरक्षीत रुपमा मनग्य कमाएपछि किन जानु पर्योे विदेश भन्दै व्यंगे समेत गरे । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लिन्छन, कोही टाढा बाट आउनेहरु अर्डर थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...