Sunday 24th May 2026

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे


काठमाडौं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन्। उनीहरुबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको छ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिक पैसा चोर्नको लागि दरबारमार्ग, स्रोहखुट्टे, ठमेल लगायतका भीडभाड हुने क्षेत्रका एटीएमलाई टार्गेट बनाएर नेपाल आएको अनुसन्धानबाट खुलेको छ। उनले भने,‘चिनियाँ नागरिकले विभिन्न प्रविधि प्रयोग गरी एटीएम नै ह्याक गरी पैसा चोर्न खोजेको थियो।’ पाँच जनाको समूहमा आएका उनीहरुले दरबारमार्गमा रहेको माया मनोहर बुटिक होटेल बुक गराएर बसेका थिए। प्रहरीका अनुसार शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएपछि पैसा झिक्नेहरुको खोजीका लागि अधिकांश एटीएम बुथ नजिक प्रहरी परिचालन गरिएको थियो। पछिल्लो समय नेपालको बैंकिङ प्रणालीबाट रकम लुटपाट गर्ने चिनियाँ लगायत अन्य देशका देशका नागरिकहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...