Saturday 10th October 2026

राष्ट्रिय फुटबल टिमलार्इ कुवेतमा भव्य स्वागत, ५ तारिक राती कुवेतसँग भिड्ने


तितोपाटी – सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोली कुवेत आइपुगेका छन् । फ्लाइ दुबइको उडानबाट आज दिउँसो कुवेत आइपुगेका नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ स्वागत गर्न नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी सहितको दूतावासको टोली, गैरअावासीय नेपाली संघ राष्ट्रय समन्वय परिषद कुवेतको प्रतिनीधि मण्डल सहित कुवेतमा संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत नेपाली खेल प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कुवेतस्थित सेख साद विमानस्थलमा स्वागत गर्न पुगेका थिए भने राष्ट्रिय खेलाडीहरूको टोलीलाइ पुष्पगुच्छा र खादाले भब्य स्वागत गरिएको थियो ।

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिकको दिन कुवेतको कैफान स्थित स्पोर्टिङ क्लवमा साँझ ७ः४५ बजे कुवेतसँग खेल्ने भएको छ । नेपालले विश्वकप छनौट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनोट चरणमा विजयी भएमा सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

कुवेतमा हुने उक्त प्रतियोगिताको लागि कुवेतबाट गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतले समन्वय गरिरहेको छ भने धेरै भन्दा धेरै नेपालीहरूलार्इ नेपाल र कुवेतबिचको फुटबल खेल हेर्ने अबसर मिलोस भनि खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदान सम्मको लागि यातायातको ब्यवस्था गर्ने भएको छ ।

सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...