Monday 2nd November 2026

काठमाडौंमा २१ किलोभन्दा बढी सुनसहित तीन चिनियाँ नागरिक पक्राउ


काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले घर भाडामा लिएर सुन पगाल्ने र कारोबार गर्ने काम गरिरहेका थिए। घरबाट सुन पगाल्ने उपकरण र विभिन्न रसायन पनि फेला परेका छन्।

अनुसन्धानबाट सुन चीनबाट विभिन्न पदार्थमा मिसाएर लेदो (पेस्ट) को रूपमा नेपाल ल्याइएको हुन सक्ने देखिएको छ। सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको आशंका गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूले आफूहरू एक चिनियाँ व्यक्तिको निर्देशनमा काम गरेको बताएका छन्। उनीहरूले सुन काठमाडौंमा कसलाई बुझाउने थिए भन्ने विषयमा भने प्रहरीले अझै अनुसन्धान गरिरहेको छ।

प्रहरीले यस घटनामा नेपाली व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान अघि बढाएको छ।


सम्बन्धित शीर्षकहरु

कतारको मध्यस्थतामा तीन दिनसम्म छलफल; सम्झौताको मस्यौदा सुझावका लागि विभिन्न पक्षलाई पठाइयो, अर्को चरणको वार्ता सम्भव दोहा, २ नोभेम्बर। इरान…

विश्व लिलामी कीर्तिमान नेपालको नेवार कला हङकङ, २ नोभेम्बर। नेपालमा १२औँ शताब्दीमा निर्माण भएको भगवान् मञ्जुश्रीको ऐतिहासिक मूर्ति हङकङमा भएको…

इरानको दाबी र खाडी राष्ट्रहरूको प्रतिवाद इरानले क्षेत्रीय सैन्य कारबाहीलाई अमेरिकी सैन्य अखडाविरुद्धको प्रतिरक्षा भन्दै आएको छ। तर खाडी राष्ट्रहरूले…

प्रतिकृयाहरू
...