Friday 9th October 2026

नवी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार


सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारविरुद्ध कानुनी अभियान तथा अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान दिइएको हो।

पूर्व संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तसमेत रहेकी पिल्लेले न्याय, मानव अधिकार र कानुनी शासनको पक्षमा लामो समयदेखि काम गर्दै आएकी छन्। नोबेल समितिले उनको योगदानले विश्वभर शान्ति, न्याय र मानव मर्यादाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

नोबेल शान्ति पुरस्कारको राशि १ करोड २० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) रहेको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

प्रतिकृयाहरू
...