Friday 9th October 2026

रूससँग डिजेल आपूर्तिमा सहमति भएको ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका अनुसार रूसले तत्काल ३ लाख टन डिजेल, नोभेम्बरमा थप ५ लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउनेछ।

ट्रम्पले यस कदमले अमेरिकासहित विश्वभर डिजेलको मूल्य छिट्टै घट्ने दाबी गरेका छन्। त्यसलगत्तै अमेरिकी वित्त मन्त्रालयले रूसी डिजेल विश्व बजारमा आपूर्ति गर्न अस्थायी अनुमति दिएको जनाएको छ।

तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त निर्णयको आलोचना गर्दै रूसमाथिको दबाब कमजोर पार्ने कुनै पनि कदमले युद्ध लम्ब्याउने बताएका छन्। उनले रूसलाई तेलजन्य पदार्थ बिक्री गर्न दिनु शान्ति नभई युद्धलाई सहयोग गर्नु सरह हुने टिप्पणी गरेका छन्।

इरानसँगको युद्ध र ऊर्जा आपूर्तिमा आएको अवरोधका कारण अमेरिकामा डिजेलको मूल्य बढेको छ। अमेरिकी अटोमोबाइल संघ (AAA) का अनुसार हाल अमेरिकामा डिजेलको औसत मूल्य प्रतिग्यालन ६.२८ डलर पुगेको छ।

विश्लेषकहरूका अनुसार रूसबाट डिजेल आपूर्ति बढे पनि यसको प्रभाव विश्व बजारमा कति पर्नेछ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...