Friday 6th March 2026

कुवेतमा १९औ तिज कार्यक्रम भव्यरुपमा सम्पन्न


तितोपाटी- नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारी नेपाल कुवेत सांस्कृतिक मंचको आयोजनामा हिजो ३० तारिक सुक्रवारको दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा १९ औ तिज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

कुवेतका लागी नेपाली राजदुत, दुर्गा प्रसाद भण्डारीको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा, एनआरएनए कुवेतका अध्यक्ष-सुजन केसी, नेपाल पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष- हरिकृष्ण न्यौपानेको विशिष्ट अथिति रहेको थियो, भने कार्यक्रमको सभापतित्वमा गबिन्दा बराल रहेका थिए। त्यस्तै कार्यक्रम हर्ष र उल्लासमय बातावरणमा कुवेतस्थित कार्यरत नेपाली नारि तथा दाजुभाइ हरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

टिकाराम आचार्यको स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कर्यक्रमको संचालन माधव शर्माले गरेका थिए। कार्यक्रमका प्रमुखाथिति दुर्गा प्रसाद भण्डारी, विशिष्ट अथिति- दृतिय सचिव जानकी ओझा,सुजन केसी, हरिकृष्ण न्यौपाने,र अथिति कुमार झापाली,रमिता योञ्जान, सुमित्रा पौडेल, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

करीब ७ घण्टा चलेको उक्त कार्यक्रम अत्यन्तै मनरंजनात्मक रहेको प्रतिक्रिया दिदै दर्शकहरुले आगामी दिनमा समेत यस्ता सांस्कृतिक तथा संगतिक कार्यक्रम हुनु पर्ने मा जोड़ दिएका थिए भने आयोजक समाजका अध्यक्ष बरालले बिगतका वर्षमा जस्तै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्त्रता पाउने बताएका थिए।

प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमलाई कुवेतमा रहेर पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनीहरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम समय सम्म नृत्य गरेका थिए ।

कार्यक्रममा नेपाल बाट आमन्त्रीत चर्चित लोक गायिका पूर्णकला बिसीको,धमाकेदार प्रस्तुति सहित कुवेतस्थित स्थानिय कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको थियो। कार्यक्रमलाई सफल पार्न बिशेष भूमिका खेल्ने संपूर्ण आयोजक कमिटी सदस्य लगायत कुवेतस्थित विभिन्न संघ संस्था ब्यक्तिहरुलाई  कार्यक्रम आयोजना गर्न बिशेष भूमिका खेलेको भन्दै उक्त समाजको तर्फ बाट सम्मान गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...