Sunday 12th October 2025

नेपालगंजबाट दैलेख लैजाँदै गरेका २९१ गाइलाइ भिरबाट खसालियो, २२ मरे बाँकी घाइते


तितोपाटी – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ।

नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो।

भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर रानाले यसबारे आफूलाई शुक्रबारमात्र जानकारी आएको र कसको जिम्मामा पठाइएको हो भन्नेबारे थाहा नभएको बताए।

‘मैँले भर्खर थाह पाएँ, यसबारे बुझ्दै छौं,’ उनले भने, ‘गाई दैलेख लैजाने भनेर हामीलाई निवेदन दिएर लगिएको हो, कसले हो ठ्याक्कै मलाई थाहा छैन। यसबारे नगरपालिकालाई नै बुझ्नुपर्छ।’

वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको छ।

बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन्।

वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिह‌ं ठकुरीका अनुसार गए राति ८ ट्रकमा गाई लिइएको थियो। तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगञ्ज फर्किन लागेका थिए। उनीहरूलाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

प्रतिकृयाहरू
...