Sunday 27th September 2026

कतारमा नेपालीमाथि सांघातिक आक्रमण एकको मृत्यु, पाँचजना घाइते


तितोपाटी- कतारको दोहास्थित जैदा पार्कमा नेपालीहरूमाथि आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। सोही घटनामा परी अन्य ५ जना समेत घाइते भएका छन्। मंगलबार साँझको सो घटनामा परी मृत्यु हुनेमा सुनसरीका तबरेज अन्सारी भएको दोहास्थित नेपाद्यी राजदूतावासले जानकारी दिएको छ।

उनको शव हाल दोहाकै हमाद अस्पतालमा राखिएको जानकारी दिइएको छ।घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर रहेको र उनको हमाद अस्पतलामै भइरहेको छ।अर्का घाइते इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था भने खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

यस्तै अकबर मियाँ र महसुद अन्सारी सामान्य घाइते भएका छन्। उनीहरुलाई दूतावासको पहलमा प्रहरीको हिरासतमुक्त गराइएको छ।घटनाका सम्बन्धमा दूतावासले ध्यानाकर्षण भएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...