Friday 17th May 2024

डिग्री पढेकी युवती गाइपालनबाटै लखपति


तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।

छोराले घर व्यवहार धान्छन् र छोरीले विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाइँ र परम्पराको अपवाद बनेकी छन् बाँके कोहलपुर–१२ चप्परगौडीकी शारदा शर्मा । ३४ बर्षीया शर्मा बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित नभई पशुपालनमार्फत बाँकेमै उदाहरणिय बनेकी छन् । व्यबसायिक गाईपालनले नै उनलाई देश देखि विदेश सम्म चिनाएको छ ।

शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्छिन । १५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उनको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उनले बजारको माग धान्न सकेकी छैनन्।

भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उनको भनाइ छ । भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्दथे । त्यसैलाई पछ्याइन शारदाले पनि । परम्परागत प्रर्णालीबाट गाईपालन गर्दै आएकोमा शारदाले २०६८ साल देखि सिर्जनशिल गाई फर्म निर्माण गरेर आधुनिक प्रणालीबाट गाईपालन गरेकी हुन् ।

बाँके पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्लाका रुपमा रहेको छ । त्यसैैले पनि यहाँ पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधमा अहिले बाँके आत्मनिर्भर मानिन्छ । कोहलपुर नगरपालिकाका पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताए । उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । उनको परिवारले पनि गाइपालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्छिन तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उनको बुझाइ छ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिन्छिन । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने बताईन ।

गाईपालनबाट केही समय निकालेर उनले सामाजिक कार्यमा पनि काम गर्दै आएकी छिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उनले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लागेकी छन् ।
साभार- बुटवल अनलाईन


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...