Wednesday 21st January 2026

मौलिक समाजवादमा जोड


तितोपाटी- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे।

‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले भने, ‘सोभियत मोडलको समाजवाद असफल भयो, चीनमा चिनियाँ फेसको समाजवाद छ भने नेपालमा पनि निःसन्देह नेपाली फेसकै समाजवाद हुनुपर्छ र हुन्छ पनि।’ अबको पुँजी उत्पादनमुलक हुनुपर्छ, रोजगार दिनुपर्छ यसतर्फ हामीले ध्यान दिनुपर्छ।’ सार्वजनिक शिक्षाको गुणस्तर बृद्धि, स्वास्थ्य सेवामा सुधार र देशमै रोजगारीको अवसर सिर्जना गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अहिले नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै यसलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ लाग्नुपर्ने उनको सुझाव छ।

नेता भुषालले गुट उपगुटलाई त्यागेर पार्टीलाई एकतावद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी ब्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने विश्वास ब्यक्त गरे। त्यसका लागि यही वर्षबाट काम सुरु गर्न पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्। ‘पार्टीका बैठकमा ब्यक्तिका एजेण्डा होइन पार्टीको प्रस्ताव आउनुपर्छ’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा जाऔं। पदमा बसेकाहरुले नकमाएको सम्पत्ति नखाने, नलिने प्रण गरौं।’


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...