Saturday 27th December 2025

कुवेत आएकी खोटाङकी धुर्व कुमारी राइ १ वर्षदेखि वेपत्ता


परिवारद्वारा खोजीका लागि आग्रह

तितोपाटी – तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्ब कुमारी राई एक वर्षदेखि सम्पर्क विहिन भएकी छिन् । उनी एक वर्षदेखि परिवारको सम्पर्कमा नआएको कुरा उनका भाइ तथा परिवारलाइ उधृत गर्दै पत्रकार माधब शाहीले जानकारी गराएका छन् ।

घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ वर्षसम्म भने परिवारको सम्पर्कमा थिइन् । एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन । धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्थाबारे पत्ता लगाइदिन नेपाली राजदुतावास कुवेत , कुवेतमा कृयासिल संघसँस्था, कुवेतका स्थानीय पत्रकार तथा कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।

यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्ब कुमारी राईलाई देख्नु भएमा र चिन्नु भएको छ भने नेपाली दूतावास कुवेत:- ‭98869121‬ मा खबर गरिदिनु होला ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...