Tuesday 8th September 2026

नुवाकोट-धादिङ-रसुवा समाजको जुलाइ १९ मा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा


तितोपाटी – नुवाकोट-धादिङ-रसुवा समाजले आगामी जुलाइ १९ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  जनाएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर नेपालका सेलिब्रिटी कलाकारहरू प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारहरू सहितकाे सामुहिक प्रस्तुतिमा कुवेतमा विशेष सांगीतिक धमाका गर्न लागेको हो ।

समाजका अध्यक्ष राकेश मनाङथेनले तितोपाटी डट कम सँग कुरा गर्दै कार्यक्रमको सम्पुर्ण तयारी करिब करिब सकिएको तथा नेपालबाट कार्यक्रमको आउनुहुने अतिथि कलाकारहरू आगामी बुधबार १७ जुलाइको दिन दिउँसो ३ः३५ मा कुवेत अवतरण गर्ने भएकोले कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी, साहित्यप्रेमी लगायत सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अतिथि कलाकारको स्वागतको लागि उपस्थित भैदिनुहुन पनि अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ स्थापना भएको नुवाकोट-धादिङ-रसुवा समाज कुवेतको यो पहिलो सांस्कृतिक  कार्यक्रम हो । समाजले मानविय र समाजिक सेवाका कार्यहरूमा कुवेतमा विभिन्न कृयाशिल संघ सस्थाहरुसँग हातेमालो र सहकार्य गर्दै आएको छ ।

उक्त कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन कुवेतमा कृयाशिल सम्पूर्ण संघ सँस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी, साहित्यकार लगायत  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रम हेर्न अाउन निमन्त्रणा गरिसकेको जनाउँदै यदि कसैले निमन्त्रणा-पत्र प्राप्त नगरेको भएमा यसै समाचारलाइ आधार मानी कार्यक्रममा उपस्थित भैदिनुहुन समाजले सबैमा हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मितिः १९ जुलाई  २०१९ ।
स्थानः ब्रिटिश नटिंघम स्कुल जलिब कुवेत ।
समयः बिहान ११ बजे ।
आयोजक : नुवाकोट-धादिङ-रसुवा समाज कुवेत ।


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...