Sunday 27th September 2026

तमु समाजको छैटौ रक्तदान कार्यक्रमको तयारी पुरा, कार्यक्रममा जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा


तितोपाटी – तमु समाज कुवेतले अायोजना गर्न लागेको छैटौ रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ भने रक्तदान कार्यक्रममा जान आउनको लागि समाजले नि:शुल्क यातायातको ब्यवस्था समेत गरेको छ । “रक्तदान जीवन दान” भन्ने नारालाइ आत्मसात गर्दै तमु समाजद्धारा चलाऊँदै आएको छैटौ रक्तदान अभियान कार्यक्रम आगामी ५ जुलाई २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा तयारी पुरा भएको जानकारी समाज को अध्यक्ष राजु गुरुङ ले जानकारी दिएका छन्।

सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

छैटौ रक्तदान कार्यक्रम स्थल सम्म आउन जानको लागि समाजले कुबेतको बिभिन्न ठाँउहरुबाट यातायातको नि:शुल्क सुबिधा गरेको छ। जस्तै ११ बजे KFC बस स्टप फाहाहिल ११:१५ बजे सुल्तान सेन्टर बस स्टप मङाफ ११ :३० फ्राइडे होटेल बस स्टप महाबुल्ला ११:४०लण्डन ब्रीज बस स्टप फिन्टास हुँदै सबाहसालिम हुँदै कार्यक्रम स्थल सम्म यातायातको लागि किरण गुरुङलाई संम्पर्क नं. ६७७१३६७४ र जिलिब,फर्वानिया,खैतानको लागि ११ बजे जिलिब को मखबर बस स्टप,११ :२० बजे फर्वानिया को अल्घानिम अगाडि को बस स्टप,११ :३० बजे खैतन को मेनरोड ब्रीज बस स्टप हुँदै कार्यक्रम स्ठल सम्मका लागि भिम गुरुङ लाई सम्पर्क नं. ५५८११२३५  मा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।

छैटौ रक्तदान कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक तमू समाज कुबेतले हार्दिक अनुरोध गरेको छ।

रक्तदान कार्यक्रमको विवरणः

मिति : ५ जुलाइ २०१९ शुक्रबार ।
समय : दिनको ठिक ०१.०० बजे ।
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत ।

निःशुल्क यातायातको लागि सम्पर्कः

किरण गुरूङ (फाहाहिल तर्फ)  – ६७७१३६७४

भिम गुरूङ (जलिब तर्फ) – ५५८११२३५


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...