Monday 27th April 2026

नेपाली चेली सन्तोषीले जितिन् अमेरिकी विश्व प्रसिद्ध ‘हार्वर्ड हिरो अवार्ड’


तितोपाटी – मौका र अवसर प्राप्त हुँदा नेपाली कोही भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण बनेकी छिन् नेपाली चेली– सन्तोषी बस्नेत ।

उनले आफूलाई अब्बल साबित गर्दै अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने ‘हार्वर्ड हिरो-२०१९’ को उपाधि हात पारेकी छन् । विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने हार्वर्ड हिरो प्राप्त गर्ने सन्तोषी पहिलो नेपाली चेली हुन् ।

हार्वर्ड ग्राजुएट स्कूल अफ एजुकेशनमा कार्यरत उनीसँगै १८ हजार कर्मचारीमध्ये ६१ जनाले यस्तो अवार्ड पाएका हुन् । सन्तोषी वित्त विभागमा लेखा सहायकका रुपमा कार्यरत छिन् ।

उनको कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर सन्तोषीलाई उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको स्यन्देर्स थियटर हलमा विश्वविद्यालयका प्रेसिडेन्ट लरेन्स एस बकवो ले सबै हार्वर्ड हिरोहरुलाई सम्मान तथा धन्यवाद दिंदै रात्री भोजको आयोजना समेत गरिएको थियो ।

काठमाडौं बत्तीसपुतली निवासी बुबा जनकमान सिंह बस्नेत र आम भगवती बस्नेतकी पहिलो सन्तान सन्तोषी सन् २००६ देखि अमेरिकाको बोस्टनमा बस्दै आएकी छिन् ।

सन् २०१३ मा “जोन्सन एंड वेल्स विश्वविद्यालय“ रोडआइलैंड बाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरी हार्वर्ड छिरेकी सन्तोषी शिक्षालाई नै आफ्नो सबैभन्दा ठूलो धन मान्छिन् । हार्वर्ड पढ्ने सपना पूरा नभए पनि त्यहाँ काम गर्न पाउँदा र उत्कृष्ट कर्मचारी ठहरिंदा निर्क गर्ब महशुस भएको उनले बताएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...