Saturday 6th June 2026

नेपालमा पनि तापक्रम बढ्दो, नेपालगञ्ज र राैतहटमा ४३ डिग्री पुग्यो


तितोपाटी – यस वर्ष विश्वभर जताततै गर्मी बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष तापक्रम बढेको विशेषज्ञहरू बताउँछन् । नेपालमा पनि यस वर्ष गत वर्षहरूमा भन्दा बढी नै गर्मि बढेको छ । पहाडी भेगको तुलनामा तराइ भेगमा धेरै गर्मी छ । पुर्वी तराइको राैतहट तथा पश्चिमको नेपालगञ्जमा अहिले नै तापक्रम ४३ डिग्री पुगी सकेको छ भने टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ। अत्याधिक गर्मीले तराइबासीको जनजीवन प्रभावित बनेको हो।

जेठ महिनाको अन्तिम सातादेखि एक्कासी बढेको गर्मीका कारण सर्वसाधरणहरु बढि घाममा काम गर्नु, हिडडुल गर्नु, झोलपदार्थ जस्ता खानेकुरा नखानेलगायतका काम गर्न थालेपछि ‘हिट स्ट्रक’ हुने सम्भावना बढि देखिएको छ भने गर्मीका कारण झाडापखाला तथा ज्वरोका बिरामीहरु अस्पताल धाउने क्रम बढ्दो छ ।

तापक्रम ४३ डिग्रीसम्म पुगेपछि स्थानीयको जनजीवन नै अस्तव्यस्त भएको छ। बिहान सबेरैबाट शुरु हुने गर्मीले गर्दा खास गरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ।

अत्याधिक गर्मीले गर्दा सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ। जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको संख्या घटेको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरु घर बाहिर निस्कन छाडेका छन्। तापक्रम ४३ डिग्रीसम्म पुग्न थालेपछि अत्यावश्यक कामका लागी बाहेक अरु बेला स्थानीयहरु दिउँसो घर बाहिर निस्कन छाडेका छन्। चर्को गर्मीका कारण दिउँसो सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको संख्या पातलिएको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...