Saturday 26th September 2026

मलेसिया रोजगारी बन्दको असरः हजारौँ युवा मारमा


तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ ।रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाप, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन् । मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...