Friday 2nd October 2026

तातोपानी नाका आजदेखि औपचारिक रूपमा संचालन


तितोपाटी –

भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जी वइन लगायत दुबै देशका उच्च अधिकारीले संयुक्त रुपमा रिबन काटेर नाका सञ्चालनमा ल्याएका हुन्। मितेरी पुल पुर्ण रूपमा बनि नसकेकोले अहिलेको लागि तातोपानी नाकामा मालबाहक सामग्रीको आयात – निर्यातको लागि मात्रै खुला गरिएको छ ।

नाका सन्चालनार्थ आयोजित कार्यक्रम नवनिर्मित मितेरी पुलमा राखिएको थियो। नाका सन्चालन भएसँगै उक्तै नाकाबाट ऊन बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएका छन्। गत सोमबार ती कन्टेनर सामान लोड गर्न खासा गएका थिए। नाकामा ब्यापारिक कारोबार समेत सञ्चालनमा ल्याइएको छ। नेपालबाट झन्डै १८२ प्रकारका सामग्री चीन निर्यात हुने अनौपचारिक सहमति भएको छ । तिनमा मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्ट लगायत सामग्री समावेश छन् । ती सामान चीनको ल्हासा पुग्नेछन् । चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान र कपडा लगायत सयौं थरी सामग्री आयात हुने निश्चित गरिएको छ ।

नाका सञ्चालनपछि चिनिया बाणिज्य उपमन्त्री झाङले नेपाल चीनको तातोपानी नाका दुई देशबीचको सेतु बन्ने बताए। ‘चीनका राष्ट्रपति सी जिङ पङिको पनि सन्देश पनि यहि छ। म त्यो सन्देश सुनाउन आएको हु।’ उनले भने

नेपालका उद्योग, वाणिज्य तथा आपुर्ति यादवले नेपाल र चीनबीच कुटनीतिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मात्र नभएर जनता जनता बीचको सम्बन्ध रहेको बताए। चीनको विकासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै उनले भने, ‘भूकम्पपछि बन्द रहेका नाका सञ्चालनमा ल्याएर चीनले नेपाली र स्थानीयबासीमा ठूलो गुण लगाएको छ।’


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...