Sunday 10th August 2025

कतारमा रेष्टुरेन्टको म्यानेजरदेखि नेपालमा आफ्नै होटलको मालिकसम्म


तितोपाटी- पोखरा भ्यु पोइन्टका प्रेम प्रसाद सुवेदी वि.स. २०५५ मा कतार गएका थिए। त्यहाँ १९ वर्ष काम गर्दा होटलको वेटर देखि म्यानेजरसम्म बने। नेपाल फर्किने बेला सम्ममा उनको तलब २ लाखभन्दा बढि भइसकेको थियो।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश उडेका थिए। लामो समय बस्दिन भन्दा भन्दै पनि १९ वर्ष बित्यो। उनलाई जहिल्यै नेपालमा फर्किएर केही गर्न मन थियो।

विदेशमा काम गर्दानै उनलाई रेष्टुरेन्ट व्यवसायमा राम्रो मार्जिन छ भन्ने थाहा भयो। त्यसैले नेपाल फर्किने बेलामा यहि व्यवसाय गर्ने भन्ने सोचेर फर्किए। उनलाईमान्छे आइरहने तथा भेटघाट भइरहने खालको व्यवसाय सारै मनपर्थ्यो। त्यसैले पनि यही क्षेत्र छाने।

सुरूमा ३५ लाख लगानी लाग्यो। रेष्टुरेन्ट खोल्ने राम्रो सटर खोज्नलाई समय खर्चिए। धेरै मानिसहरू आइरहने भएकाले लोकेसनमा पनि बसपार्क नजिकैको ठाँउ खोजे। साउदीमा १०-१२ वर्षसम्म कुकको काम गरेर फर्किएका एकजना मानिस खोजेर कुक काममा लगाए।

उनले विदेशमा गरेको कामको सीप पनि काम लाग्यो। ठ्याक्कै नगरेको काम पनि अरूले गरेको देखेको भएर सजिलो भयो।

यतिको लामो यात्रा गरिसकेका उनलाई नेपाली युवाहरूलाई भन्नु के छ त?

उनी भन्छन् ‘व्यवसाय गर्नलाई इमान्दारिता हुनुपर्यो। सहनशील हुनुपर्यो। सबै ग्राहक एकैखाले हुँदैनन्।’ साथै विदेश जान लागेका व्यक्तिहरूको लागि पनि धेरै गाह्रो अवस्था छैन भने विदेश जानुको साटो यतै केही गर्नलाई सुझाव दिन्छन्।

उनीसँग कुराकानी गरिएको भिडियो हेर्नलाई यो लिंक हेर्नुहोस: https://www.youtube.com/watch?v=_eodT0MRwiA

साभार शुभयात्रा


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

प्रतिकृयाहरू
...