Thursday 16th July 2026

सरोकार समाजद्वारा ‘क्रिकेट रङ्गशाला’ निर्माणार्थ ५० हजार सहयोग


तितोपाटी – नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि  रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि नै स्वदेश तथा विदेशमा बिभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै अाएको छ भने समय समयमा नेपालका राष्ट्रिय ख्याति कमाएका कलाकारहरूलाइ कुवेत ल्याएर कुवेतवासी नेपालीहरूलाइ गीत संगीत मार्फत मनोरञ्जन प्रदान गर्दै अाएको छ ।

प्रवासमा बिभिन्न किसिमले अप्ठेरोमा परेका नेपालीहरूको उद्दार तथा स्वदेशमा घटेका विभिन्न प्राकृतिक प्रकोप तथा अार्थिक अभावले पीडित बनेका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपालीहरूलाइ सहयोग गर्दै अाएको यस संस्थालाइ विश्वास गरि हरेक समयमा सहयोगी हातहरू अघि बढाउने कुवेतवासी नेपालीहरूलाइ धन्यवाद दिंदै अागामि दिनमा पनि सामाजिक र मानविय सेवाका कार्य गर्न सहकार्य र हातेमालो गर्दै अघि बढ्ने समाजले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले बुधबार ज्लीब अल–शुयोख क्षेत्रमा ठूलो सुरक्षा तथा अनुगमन अभियान सञ्चालन गरेको छ। पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख…

नेपालका केही मिडिया, सञ्चारकर्मी र आफूलाई ‘जेनेरेसन–जी (Gen Z) अभियन्ता’ भन्नेहरू आजको सरकारको यस्तो आलोचना गरिरहेका छन्, मानौँ यो सरकार…

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

प्रतिकृयाहरू
...