Monday 28th July 2025

अनेसास कुवेतको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन ।

वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउने कार्यक्रम संयोजक तिम्सिनाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।

यस अघि अनेसास कुवेत च्याप्टरले कुवेतको जलिब स्थित पपिन्स हलमा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै  कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...