Friday 16th May 2025

प्रवासी इलामेली सेवा समाज कुवेतले २८ जुनमा सांस्कृतिक कार्यक्रमको साथमा प्रथम वार्षिकोत्सव तथा अधिवेशन गर्ने


तितोपाटी – प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव बिभिन्न सांगीतिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् ।

“सम्मृद्द समाज निर्माण र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबार को दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ ।

उक्त अधिबेशन तथा वार्षिकोत्सवलाई ऐतिहासिक, भव्य र सभ्य रूपमा सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कुवेतमा कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासी इलामेली सेवा समाज कुवेतले हार्दिक अनुरोध गरेका छ।

कार्यक्रम: वार्षिकोत्सव तथा अधिबेशन,साथै सांगीतिक प्रस्तुतिहरु

मिति: २८ जुन २०१९ शुक्रबार

स्थान : युनिक अडिटोरियम फर्वानिया कुवैत

समय: ११ बजेदेखि

आयोजक : प्रवासी इलामेली सेवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

अन्तरिक्ष प्रविधि र लेजर सञ्चारको लागि उल्लेखनीय फड्को मार्दै, चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले पृथ्वीबाट उच्च-शक्तियुक्त इन्फ्रारेड लेजर प्रयोग गरेर चन्द्रमाको…

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

प्रतिकृयाहरू
...