Tuesday 5th May 2026

नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै


नयाँ सदस्यता पनि दिइने

तितोपाटी –  नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । समितिको सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा हिँजो शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा बसेको बैठकले  उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरिएको हो।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरि रहेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (प्रजातन्त्र, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।

कुवेतमा सम्पर्कका लागि :

कृष्णबहादुर तामाङ – ५१३३०५७७

राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)

कृष्ण पौडेल – ६६२१२३०९


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...