Monday 27th July 2026

विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्दै युवा,भरतपुरको इन्द्रेणी चोकमा ‘ले ब्लु क्याफे’ सञ्चालन


तितोपाटी- पछिल्लो समय युवाहरु शिक्षाका लागि होस् या रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । त्यहीँको वातावरणमा घुलमिल भएपछि युवाहरु सकेसम्म उतै बसोबास गर्ने क्रम पनि बढिरहेको छ । तर भरतपुरका दुई युवा केही समयको विदेश बसाइँपछि स्वदेश फर्किएर सामुहिक व्यवसायको सुरुआत गरेका छन् ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरका २६ वर्षीय प्रोमेस तामाङ र भरतपुर–१२ नौरङ्गेका विजय गुरुङ मिलेर भरतपुर–१० इन्द्रेणी चोकमा ‘ले ब्लु क्याफे’ सञ्चालन गरेका छन् । यी दुई स्कुलदेखिकै साथी हुन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्ने गरी नयाँ स्वाद दिने गरी क्याफे सञ्चालन गरिएको सञ्चालक तामाङ बताउँछन् ।

उनीसँग क्याफेको बारेमा छोटो समयमा धेरै अनुभव छ । भारतको हरियाणा डि क्रष्ट युनिभर्सिटीमा तीन वर्षे बीएचएम कोर्ष गरेको तामाङले त्यहीँ केही अनुभव हासिल गरे । सन् २०१६ मा स्वदेश फर्किएपछि थप अध्ययन र आर्थिक उपार्जनका लागि तामाङ युएई हानिए ।

त्यहाँ उनले एमिरेट्स प्यालेस होटलमा साँढे दुई वर्ष काम गरे । सोही बेला विजय कतारको एक क्याफेमा काम गर्दै थिए । विदेश बसाइँकै क्रममा यी दुईबीच नेपालमा केही व्यवसाय गर्ने सोंच बन्यो । आफैंले जानेको काम गर्ने सोंच बनाउँदै सल्लाह अनुरुप एक महिनाको अन्तर पारेर दुवै जना नेपाल आए ।

सुरुमा नेपाल आएका विजयले क्याफेको बारेमा स्थान र यसको बजारको बारेमा अध्ययन गरेपछि प्रोमेस स्वदेश फर्किए । अहिले ले ब्लु क्याफे सञ्चालन गरिरहेका छन् । प्रोमेसका अनुसार सस्तो मूल्यमा राम्रो कफी खुवाउन सकिन्छ भनेर आफूहरु उदाहरणीय क्याफे सञ्चालन गरेको बताए । उनले भने, –‘यहाँ कफी भनेपछि धेरै महङ्गो भनेर सोच्दा रहेछन्, तर हामी बजारमा पाइने मूल्य भन्दा धेरै कममा पिलाउँछौँ ।’

क्याफेमा आउने जो कोहीलाई वेलकम ड्रिङ्स निःशुल्क दिने गरिएको प्रोमेसले बताए । चियाका परिकारहरु पनि सस्तो मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको उनले बताए । प्रोमेसले भने, –‘हामी थोरै नाफा लिएर स्तरीय सेवा दिने लक्ष्य लिएर स्थापना गरेका हौँ ।’ यी दुवै आफै क्याफेमा काम गर्छन् । अरु दुई विद्यार्थीलाई पनि सिक्ने अवसर दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...