Saturday 20th December 2025

कोलम्बोमा पुनः दिउँसो पनि एक होटलमा विष्फोट, आक्रमणमा मर्नेको संख्या १४० नाघ्यो


तितोपाटी – श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको छ भने राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ। दिउँसो पुन: विस्फोट भएपछि राजधानमी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ। साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ४० पुगेको छ। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोलम्बो नेसनल अस्पतालका निर्देशकका अनुसार ‘आइतवार बिहानै भएको आक्रमणमा हालसम्म १ सय ४० को मृत्यु भइसकेको छ। घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानीय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...