Friday 26th December 2025

केन्याको एउटा बारबाट याैन व्यापारको लागि पुर्याइएका १२ नेपाली युवती पक्राउ


तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ। बार सञ्चालकको साथबाट प्रहरीले क्यानेडियन राहदानी बरामद गरेको छ। राहदानीमा उनको नाम असिफ अमिराली अलिभाई जेजेथा उल्लेख भएपनि त्यो उनको परिचय नभएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली युवतीहरु लुंगा-लुंगा बोर्डर हुँदै केन्या पसेका थिए। प्रहरीले उनीहरु नेपालबाट केन्या कसरी आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ।बार सञ्चालकसहित उनीहरुलाई सोमबार मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

प्रतिकृयाहरू
...