Friday 25th September 2026

वर्ष २०७६ को लागि नेपाली राजदूतावास कुवेतले १८ दिन सार्वजनिक विदा दिने


तितोपाटी – नेपाली राजदूतावास कुवेतले एक सूचना जारी गरि वर्ष २०७६(२०१९-२०२०) को लागि १८ दिन सार्वजनिक विदा दिने जनाएको छ ।

नेपाली राजदूतावास कुवेतले अाज सार्वजनिक सूचना जारी गरी नेपाली नेपाल तथा कुवेतका चाड पर्व, श्रमिक दिवस तथा नारी दिवस जस्ता अन्तर्राष्ट्रिय विदा जस्ता विदालाइ समेटी सार्वजनिक विदा तय गरेको छ । नेपालका तर्फबाट सार्वजनिक विदामा परेका दिनहरूमा नेपाली नयाँ वर्ष, दशैं, तिहार तथा फागु पुर्णिमा रहेका छन् भने कुवेतको हकमा कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवस तथा चाडपर्व समबन्धी विदा रहेका छन् ।

राजदूतावासको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास बिहान ९ बजे देखि ५ बजे सम्म खुल्ला रहने भए पनि कन्सुलर सेवा भने बिहान ९ बजे देखि १ बजेसम्म मात्र रहने पनि दूतावासले सर्व साधारणको जानकारीको लागि उल्लेख गरेको छ ।

दूतावासको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...