Friday 26th December 2025

वर्ष २०७६ को लागि नेपाली राजदूतावास कुवेतले १८ दिन सार्वजनिक विदा दिने


तितोपाटी – नेपाली राजदूतावास कुवेतले एक सूचना जारी गरि वर्ष २०७६(२०१९-२०२०) को लागि १८ दिन सार्वजनिक विदा दिने जनाएको छ ।

नेपाली राजदूतावास कुवेतले अाज सार्वजनिक सूचना जारी गरी नेपाली नेपाल तथा कुवेतका चाड पर्व, श्रमिक दिवस तथा नारी दिवस जस्ता अन्तर्राष्ट्रिय विदा जस्ता विदालाइ समेटी सार्वजनिक विदा तय गरेको छ । नेपालका तर्फबाट सार्वजनिक विदामा परेका दिनहरूमा नेपाली नयाँ वर्ष, दशैं, तिहार तथा फागु पुर्णिमा रहेका छन् भने कुवेतको हकमा कुवेतको राष्ट्रिय तथा स्वतन्त्रता दिवस तथा चाडपर्व समबन्धी विदा रहेका छन् ।

राजदूतावासको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास बिहान ९ बजे देखि ५ बजे सम्म खुल्ला रहने भए पनि कन्सुलर सेवा भने बिहान ९ बजे देखि १ बजेसम्म मात्र रहने पनि दूतावासले सर्व साधारणको जानकारीको लागि उल्लेख गरेको छ ।

दूतावासको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...