Saturday 28th February 2026

कुवेतमा कार्यरत नेपालीको स्वाभिमान रक्सीले बगायो


नारायण पाेख्रेल – कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको धर्म ,संस्कृति या रीतिरिवाजको बारेमा जानकार हुनु अति आबश्यक हुन्छ । त्यतिमात्र नभई हरेक देशले रास्ट्र सन्चालन गर्नको लागि अख्तियार गरेको कानूनको हुबहु पालना गर्नु हामी मानबको कर्तब्य हुन् आउँछ ।

कुवेत धार्मिक हिसाबले इस्लाम धर्म मान्ने देश हो । यस धर्ममा अथवा यहाँको कानूनमा अल्कोहलको उत्पादन ,बिक्रि वितरण या प्रयोग गर्नु धर्म र कानून बिपरित मानिन्छ । यसैगरी अन्य देशको कुरा गर्नेहो भने सनातन धर्म मान्ने कतिपय जातजातीहरुलाई समेत यसको सेबन गर्नु हुदैन भनिन्छ । तथापी सनातन धर्म मान्ने कतिपय जातजातीहरुका धर्म कर्म सन्चालन गर्दा रक्सि नभैनहुने रितिरिवाज या परम्परा समेत विद्यमान रहेको छ । पश्चिमा संस्कृतिमा अल्कोहलको प्रयोग ब्यापकरुपमा हुने हुँदा उनीहरुलेनै विभिन्नखाले ब्रान्डको खोजीनिती गरे जुन आजको दिनमा संसार भरि फैलिएको छ । संसारमा सबैभन्दा बढी उत्पादन र बिक्रीवितरण हुने बस्तु नै अल्कोहल हो भन्ने हो भने गलत नहोला । धर्मले बर्जित गरेपनि हरेक धर्ममा अथवा खानु हुदैन भन्ने जातजातीहरु समेत कतै खुल्लमखुल्ला त कतै लुकीछिपी यसको सेवन गर्नेको संख्या दिनहु बढ्दो छ । खान नहुने र नभैनहुने दुवै समुदायका मानिसहरु मध्य कतिपय यसको सेबन गर्दैनन । यसरी हेर्दा यसलाई नराम्रो पनि भन्न सकिन्न र पुरै राम्रो समेत भन्न सकिन्न । सन्तुलित ढंगबाट सेवन गर्दा स्वास्थ्यलाइ लाभ हुने कुरा समेत यदाकदा सुन्न पाईन्छ तथापी समाजमा यसका धेरैजशो नकारात्मक परिणाम भिन्न भिन्न स्वरुपमा देख्न पाईन्छ । मानिस बिचमा झैझगडा ,पारिवारिक पीडा तथा खतरनाक किसिमका रोगहरु यसको व्यापक प्रयोग बाट हुने गर्दछन तथापी जुन देश या समाजमा त्यहाँको कानूनले बर्जित गरेको कुनैपनि कुरा होस् त्यो अपराध हुन आउछ ।

हरेक महिना जसो नेपाली नागरिकहरु लुकिछिपी अल्कोहलको ठुलो परिणाममा उत्पादन ,बिक्रि वितरण तथा प्रयोग गर्ने गरेका र प्रहरीले पक्राउ गरेका समाचारहरु सामाजिक संजालमा भाइरल भैरहेका हुन्छन । हालसालै मात्र ६ जना नेपाली प्रहरीको फन्दामा परेका छन। यसको साथसाथै अन्य लागूऔषध तथा महिलालाई बन्धक बनाई व्यापार गरेका यावत घटनाहरुमा समेत नेपालीको नाम मुछिने कार्य निरन्तर भैरहेको अवस्था छ भने अर्को तर्फ यसको प्रयोग गर्ने आपसमा झैझगडा गर्ने , काममा नजाने ,हाकिमसंग अनावश्यक झै-झगडा गर्ने जस्ता कतिपय खराब मानसिकताका मानिसहरुले गर्दा सिङ्गो नेपाली समाजलाई नै असर परिरहेको अवस्था छ । सिधासाधा ,इमान्दार र मेहेनतीको छवि बोकेका नेपाली कामदारलाई पछिल्लो समयमा यहाँका नागरिक देखि संसारभरका धेरै मानिसहरुले हेर्ने नजरमा ब्यापकरुपमा नकारात्मक परिबर्तन आएको देख्न पाइन्छ ।

यसैले बिस्तारै गुम्दै गरेको हाम्रो शानलाई पहिलाकै ठाउँमा ल्याउनको लागि यहाँ भएका बुद्धिजिबी ,नेपाली समाजका संघ संस्थाहरु र सरकारी निकाय सबै मिलेर यस्ता प्रकृतिका मानिसहरुलाई सहयोग हैन बहिस्कार गर्ने हिम्मत गर्नु पर्दछ । हैन भने धान खाने मुसो चोट पाउने भ्यागुताको चाल जस्तै सधैभरी मानसिक रुपमा सबै समुदाय बाट दबिएर बस्नु पर्ने छ ।


सम्बन्धित शीर्षकहरु

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

प्रतिकृयाहरू
...