Saturday 24th October 2026

इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार


तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ ।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको जोखिममा रहेका उनीहरुको उद्धार गरेको हो।

अध्यक्ष खड्काले माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो। बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

माइती नेपालले भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सराकार, मणिपुरस्थित गोरखा दु:ख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्यव गरेको थियो।

उद्धार गरिएकाहरुलाई सोमबार राति नेपाल ल्याइने छ। माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार उद्धार गरिएकी एक महिलाको अस्वस्थताका कारण नेपाल ल्याउन ढिलाई भएको हो। ‘सोमबार राति या मंगलबार बिहानसम्ममा पुऱ्याइन्छ होला’, घिमिरेले भने।

अध्यक्ष खड्काले मानव तस्करीको यस प्रकारको भयाभह घटनामा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कारवाही गर्न माग गर्नेरपीडितलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारसँगपहल गरिने जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...