Sunday 6th October 2024

सम्मान र विदाइ गर्दै जन-जागृतिको अधिवेशन सम्पन्न, अध्यक्षमा टिकाराम आचार्य


तितोपाटी – कुवेतको पहिलो सामाजिक सँस्था जन-जागृति युवा समाज कुवेतको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन हिँजो शुक्रबार फरवानिया स्थित द्वाही  प्यालेस रेष्टुरेण्टको सभाहलमा एक भव्य समारोहका बिच विभिन्न सम्मान तथा विदाइ गर्दै  सम्पन्न भयो । अधिवेशनले नयाँ कार्यकालको लागि टिकाराम आचार्यको अध्यक्षतामा विभिन्न उप-समिति सहित नयाँ कार्य समिति समेत चयन गरेको छ ।

सँस्थाका निवर्तमान अध्यक्ष छत्र बहादुर कार्कीको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्य र प्रथम महिला रीता हमालको विशेष आतिथ्यतामा सम्पन्न उक्त समारोहमा कुवेतमा कृयाशिल बिभिन्न संघ सँस्थाका पदाधिकारी, प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, खेलाडी, कलाकार लगायत सम्पुर्ण जन-जागृति परिवारको उपस्थिति रहेको थियो भने प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिहरूको समुपस्थितिमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

“जागरूक समाजको खोज, जन-जागृति युवाको सोच” भन्ने मुल नाराका जनचेतना, राहतउद्दार र सामाजिक सेवाका कार्यहरू गर्दै कृयाशिल रहेको यो सँस्थाको अधिवेशनको अबसर पारेर आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कन लागेका नेपाली राजदूतावासका महामहिम राजदूत यज्ञ बहादुर हमाल दम्पतिलाइ मायाको चिनो र दोसल्ला ओढाएर विदाइ गरेको थियो

भने कुवेतको नेपाली समाजलाइ सूचना तथा समाचार सम्प्रेषण गरेर योगदान दिएका पत्रकार हरिकृष्ण न्याैपानेलाइ सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यसै गरि संस्थाका विभिन्न पदमा रहेर योगदान दिने सँस्थाका पदाधिकारीहरू छत्र बहादुर कार्की, आनन्द आचार्य तथा राम बहादुर योन्जन तामाङलाइ संस्थाले सम्मान गरेको थियो ।

विदाइ कार्यक्रममा कोसेली समुह कुवेत तथा नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले पनि महामहिम दम्पतिलाइ मायाको चिनो तथा दोसल्ला ओढाएर विदाइ गरेका थिए ।

विदाइ ग्रहण गर्दै महामहिम राजदूत यज्ञ बहादुर हमालले जन-जागृतिले साँच्चै नै नाम अनुसार काम गरेको छ भन्दै अझ धेरै काम गर्नु पर्ने बताए भने शुभकामना मन्तब्य दिने अन्य बक्ताहरूले जन-जागृतिलाइ पुर्व मेची देखि पश्चिम महाकालीसम्मका सम्पुर्ण नेपालीको सँस्था भनेर प्रसंशा गरेका थिए । शुभकामना मन्तब्य दिने बक्ताहरूमा कोसेली समुह कुवेतका अध्यक्ष नबराज पन्थी, एनअारएनएका सल्लाहकार सुरज मास्के, कोसेली समुहका संरक्षक सुजन के.सि. जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत लगायतका ब्यक्ति ब्यक्तित्व रहेका थिए ।

दुइ चरणमा सम्पन्न गरिएको अधिवेशन समारोहमा खुल्ला साहित्य वाचन समेत गराइएको थियो भने साहित्यमा रूचि राख्ने  साहित्यानुरागी सर्जकहरूले बिभिन्न विधामा  साहित्य वाचन गरेका थिए । अधिवेशनकै क्रममा सँस्थागत प्रतिवेदन प्रस्तुत गर्दै निवर्तमान महासचिव तथा नव निर्वाचित अध्यक्षले जन-जागृति युवा समाज कुवेतले पीडितको स्थिति हेरेर वर्षमा ३ जना जम्मको लागि टिकटको ब्यवस्था गर्ने उद्घोष गरे पश्चात जिफन्ट सपोर्ट ग्रुप कुवेतका अध्यक्षले जिफन्टले उद्दार गरेका विभिन्न कारणले पीडित केही नेपाली दिदीबहिनीहरू मध्ये एक जना बिरामी पनि रहेकोले कतैबाट टिकटको ब्यवस्था भए छिट्टै नेपाल पठाउन सकिने अासय व्यक्त गरेपछि पोखराकी ति चेलीको घरफिर्तीको लागि टिकट सहयोगार्थ  अधिवेशनमा उपस्थितहरूको विचमा २४ कुवेती दिनार ५०० फिल्स संकलन गरि तत्कालै जन-जागृतिको राहत कोषबाट ४५ कुवेती दिनार ५०० फिल्स सहयोग गरि जिफन्ट सपोर्ट ग्रुप मार्फत पीडित चेलीलाइ नेपाल जाने टिकट खर्च स्वरूप ७० कुवेती दिनार हस्तान्तरण गरिएको थियो ।

निर्धारित समय भन्दा धेरै ढिलो गरि शुरू भएको भए पनि अधिवेशनको सबै प्रकृया पुरा गरेर सम्पन्न भएको अधिवेशनमा उपस्थित सबैलाइ उपाध्यक्ष आनन्द आचार्यले स्वागत गरेका  थिए भने निवर्तमान सचिव जिवन सुनारले कार्यक्रम संचालन गरेका थिए । निवर्तमान महासचिव टिकाराम आचार्यको सँस्थागत प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष कृष्ण सुनारको आर्थिक प्रतिवेदन पछि अधिवेशनको पहिलो सत्र सकिएको थियो ।

निवर्तमान अध्यक्ष छत्र बहादुर कार्की संयोजक र भिम बहादुर केसि तथा लाल बहादुर तामाङ सदस्य रहेको निर्वाचन समितिले यस अघि नै वन्द सत्रबाट पारित गरेको नयाँ कार्य समिति निर्वाचन प्रकृया पुरा गरेर सार्वजनिक गरेको थियो ।

नव गठित नयाँ कार्य समिति यस प्रकार रहेको छ ।

संरक्षकः छत्र बहादुर कार्की

अध्यक्ष – टिकाराम आचार्य
बरिस्ठ उपाध्यक्ष – आनन्द आचार्य
उपाध्यक्ष – राम बहादुर तामाङ योन्जन
महासचिव – जीवन सुनार
सचीव – कृष्ण सुनार
सह-सचिव – मिलन तामाङ
कोषाध्यक्ष – राजेन्द्र श्रेष्ठ
सह-कोषाध्यक्ष – एच पि खत्री
अर्थ संयोजक – राम बहादुर तामाङ योन्जन
सह-संयोजक – सुर्य चन्द्र श्रेष्ठ

उप समिति :-
आर्थिक ब्यबस्थापन समिति (राहत -बचत कोष)- (5 सदस्य )
संयोजक – आनन्द आचार्य
सदस्य – छत्र कार्की
भिम केसी
राजेन्द्र श्रेष्ठ
सुर्य चन्द्र श्रेष्ठ
राहत उद्धार तथा जनचेतना समिति (3 सदस्य )
संयोजक – प्रदीप नेपाली
इन्द्र प्रसाद न्यौपाने
पुर्णिामा तामाङ
कार्यक्रम समयोजन समिति (3 सदस्य )
संयोजक – सन्तोष सुनार
रमेश नेपाली
हिरु मगर
संगठन बिस्तार समिति ( 3 सदस्य )
संयोजक – कृष्ण सुनार
सुनिता तामाङ
राज कुमार चौधरी
ब्यबस्थापन तथा सुरक्षा समिति (9 सदस्य )
संयोजक – प्रेम श्रीस मगर
– लाल तामाङ
– कृष्ण गुरुङ
– टंक कार्की
– गंगा मगर

– उत्तम वाइवा
– सपना राई
– मोति मगर
– सुस्मा राई
महिला परिचालन समिति (3 सदस्य)
संयोजक – मिरा बि पौडेल
शान्त भण्डारी
कोपिला साही ठकुरी


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...