Sunday 17th May 2026

लुम्बिनी समाज कुवेतले गर्यो राजदूत हमालको बिदाई


बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले चार वर्षे कार्यकाल सकेर स्वदेश र्फकन लाग्नु भएका कुवेतका लागी नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाललाई र उहाकि धर्म पत्नी रीता हमाललाई जनवरी २५ शुक्रवारको दिन फ़र्वनिया स्थित धवानी प्लेसमा एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ। 

उक्त कार्यक्रमको सभापतित्व रूपेन्द्र बिक्रम हमाल रहेका थीए भने, समाजमा आबद्ध सदस्यहरूको उपस्थितीमा राजदूत हमाललाई अनौपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गरेका हुन् ।

उक्त कार्यक्रमका अध्यक्ष रूपेन्द्र हमालद्वारा महामहिम राजदूत हमाललाई सम्मानपत्र हस्तान्तरण गरि दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थामा आबद्ध व्यक्ति लगायत पदाधिकारीहरुले आ­आफ्नो तर्फबाट दोसल्ला ओढाएर बिदाई गरेका थिए । 

अध्यक्ष हमालले बोल्दै चारबर्षबाट कुवेतमा रहेका नेपालीहरुको संरक्षकत्व भूमिका निर्बाह गर्दै आउनु भएका महामहिम राजदूत यज्ञ बहादुर हमाललाई बिदाई गर्नु परेकोमा दुख ब्यक्त गर्दै  कुवेतमा स्थापित नेपाली संघ संस्थाहरुमा उहाँले पुर्याउनु भएको सहयोग सदभाब र अभिभावकत्वको उच्च मुल्यांकन गर्दै उहाँको कार्यकालमा समाजले राजदूतावासबाट पाउनु पर्ने सहयोग पुर्णरुपमा पाएको दाबि गरेका थीए ।

तेस्तै संरक्षक नबराज पन्थीका र राजु कार्कीका अनुसार राजदूत हमालले कर्तव्यनिष्ठ भई कुवेतमा वसोवास गरिरहेका नेपालीहरुलाई दूतावासको श्रोत साधनले भ्याएसम्म चुस्त दुरूस्त सेवा दिने वातारणको श्रीजना गर्नु भई नेपाली समुदायबीच अभिभावकीय भूमिका निर्वाह गर्नुहुंदै नेपाल र कुवेत बीचको कुटनीतिक सम्वन्ध थप प्रगाढ वनाउन महत्वपूर्ण योगदान गरी सफलतापूर्वक आफ्नो  कार्यकाल समाप्त गरी स्वदेश र्फकन लाग्नु भएको अवसरमा हार्दिक आभार प्रकट गर्दै महामहिमको सुखद भविष्य एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै राजदूत हमालले महामहिमको मातहतमा  चार बर्ष काम गर्ने अवसर पाएको उल्लेख गर्दै, उहाँ नेपाल फर्केर पनि कुवेतस्थित कार्यरत नेपालीहरूको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताऊदै कुवेतमा कार्यरत नेपालीहरूले अब पनी परदेशमा बस्नु भन्दा पनी परदेशमा सिकेको सिपलाई स्वदेश फर्कीएर उक्त सिपलाई सदुपयोग गर्न आग्रह गर्दै, आफुलाई यसरी बिदाई तथा सम्मान गरेकोमा कार्यक्रमको अन्त्यमा कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत यज्ञ बहादुर हमालले यसरी बिदाई समारोह आयोजना गरी सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै, यो सम्मानले आफुलाई माया गरेको भन्दै अगाडी बढ्न हो भन्ने मार्गनिर्देशन भएको बताऊदै समाज द्वारा आयोजित उक्त बिदाई कार्यक्रममा सरिक भएर लुम्बिनी समाज कुवेतमा आवद्ध सबैजना नेपालीहरुबाट बिदा हुनु परेकोमा दुख ब्यक्त गरेका थीए।

महामहिम राजदूतलाई सम्मान गरि बिदाई गरिएको स्पस्ट पार्दै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण पदाधिकारी, तथा कार्यक्रममा उपस्थित सम्पूर्ण सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...