Sunday 26th July 2026

इटाली जान लागेका ५ नेपाली युवा लिबियामा १ महिनादेखि बन्धक


तितोपाटी – मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’ बनेका छन् । लिबियाको सदरमुकाम त्रिपोलीबाट १८७ किलोमिटर दुरीमा रहेको मिस्रातामा रहेको एउटा भित्री वस्तीको घरमा आफूलाई राखिएको भन्दै पोखराका रन्जित केसीले उनका बाबुलाई खबर पठाएका छन्।

‘आँखामा पट्टी बाँधिएको अवस्थामा केटाहरुलाई समातिएको रहेछ,’रन्जितका बाबु गणेशबहादुर केसीले कान्तिपुरसाग भने। पर्वत घर भएका रन्जितसँगै दिरास थापा(म्याग्दी), अमन लोजा(म्याग्दी), ओम गुरुङ र सुरेश केसी ‘बन्धक’ बनेका छन्।

दिरासकी आफन्त सुनिता पुनका अनुसार ४ महिनाअघि काठमाडौंबाट दुबइ हुँदै विदेश हिँड्नेहरु दुबइबाट लिबिया पुग्नासाथै अलपत्र परेका थिए। पीडितका आफन्तका अनुसार, पोखराका जितकाजी गुरुङले जनही झण्डै १५ लाख रुपैयाँका दरमा पैसा अशुलेर विदेश उडाएका थिए। पीडितका परिवारले परराष्ट्रको कन्सुलर महाशाखामा ५ नेपालीको अलपत्र अवस्था र उद्धारका निम्ति गत साता निवेदन दिइसकेका छन्।

लिबियामा अरु नेपाली पनि बिचल्ली अवस्थामा रहेको जानकारी दिँदै पीडितले पठाएको भिडियोमा जीवनरक्षाको अपिल गरिएको छ।

लिबिया मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दुतावासले बन्धक रहेका नेपालीको उद्धारमा चासो नदेखाएको पीडित परिवारले बताएका छन्। पीडितका आफन्तले लिबियाबाट आएको फोनको धम्कीका भरमा थप पैसा पठाएर आफन्तको उद्धार गर्न सकिन्छ कि भनेर पहल थालेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...