Sunday 5th May 2024

मगर संघको आयोजनामा कुवेतमा माघे सक्रान्ति पर्व शुभकामना, नाचगान र वनभोज गरी भव्य रूपमा सम्पन्न


तितोपाटी – मगर संघ कुवेतले सम्पुर्ण कुवेतवासी नेपालीहरूलाइ अातिथ्यता गराउँदै माघे सक्रान्ती २०७५  धुमधामको साथ मनाएको छ । कुवेतको मध्यवर्ती क्षेत्र हिजुल कवड यरियाको रमणिय हलमा हिँजो एक विशेष समारोहको अायोजना गरेर मनाएको हो ।  संघले हिँजो नेपाली राजदूतावास, कुवेतमा कृयशिल संघ सँस्था, पत्रकार, वुद्दिजीवि, समाजसेवी, कलाकार तथा सम्पुर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा शुभकामना अादानप्रदान, गीत संगीत, विभिन्न रोचक खेलकुद र माघे सक्रान्ति विशेष पक्वान्न सहितको भव्य वनभोज कार्यक्रम गरेर मनाएको हो । सबै नेपालीहरूको माैलिक पर्वको रूपमा रहेको माघे सक्रन्ति पर्वलाइ मगर समुदायमा मुख्य पर्वका रूपमा मनाउने गरिन्छ ।

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर कुवेतको हिँजोको कार्यक्रम संघका अध्यक्ष मित्र सिंजालीको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यता एवं कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी एवं प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजीवि, कलाकार लगायतको अातिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । दिउँसो १ बजेबाट शुरू भएको कार्यक्रममा सहभागी हुन अतिथि अाउने क्रम साँझ ५ बजेसम्म पनि जारी थियो भने साँझ ६ बजेसम्म नाचगान र खानपिन चलेको थियो

कार्यक्रमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र उहाँको को धर्मपत्नी रिता हमाललाई दोसल्ला ओढाइ सम्मान पूर्वक समाजले बिदाइ गरेको थियो भने राजदुत हमालले  माघे सक्रान्ति पर्वको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन सामाजिक कार्यमा अग्रसर मगर संघ कुवेतलाई धन्यवाद दिएका थिए । यसै गरी नेपाल पत्रकार महासंघ कुवेतका महासचिब आनन्द आचार्य, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्यबा तामाङ लगयतले “माघे सक्रान्ति” को शुभकामना मन्तव्य दिएका थिए ।

 कुवेतका हरेक शहरबाट आतेजातेको निःशुल्क ब्यवस्था गरिएको उक्त कार्यक्रमलाइ हर्सोल्लास र मनोरञ्जनात्मक बनाउन आफ्नो मगर पहिचान र मौलिकता झल्काउने खालका नृत्य झ्याउरे,सालैजो, कौडा, सोरठी नृत्य गरी प्रस्तुत गरिएको थियो भने युगल रूपमा लाइभ दोहोरी गित प्रस्तुत गरि उपस्थित सबैलाइ छमछमी नचाइ धुमधामसँग सम्पन्न गरिएको थियो। कार्यक्रममा मगर संघकी सदस्य देबी थापा मगरले मगर भाषामा स्वागत मन्तव्य तथा  प्रथम उपाध्यक्ष मनु भुजेल मगरले मगर जातीको मुख्य साँस्कृतिक पर्व माघे सक्रन्ति पर्वको एेतिहासिक पक्षको बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमलाइ उपाध्यक्ष बसन्त थापा मगर र महासचिब धन थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मित्र सिन्जाली मगर ले उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण मगर तथा गैर-मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि मगर संघ, कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा सम्पुर्ण कुवेतवासी नेपालीहरूकाे यसरी नै सहयोग रहने अपेक्षा गदै सबैलाई विशेष धन्यवाद दिएका थिए ।

 


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...