Thursday 29th October 2026

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति ११ः१५ बजे भूकम्प गएको हो। अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। ३ मिटर अग्ला छालहरू आउन सक्छन्।

प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।

जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, ‘आफ्नो भूकम्पको तयारीको पुनः मूल्यांकन गर्नुहोस् र भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै खाली हुन तयार रहनुहोस्।’ लगभग ९० हजार मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...