Tuesday 24th March 2026

एनआरएनए एनसीसी कुवेतको नवाैं राष्ट्रिय एकता महाधिवेशन सम्पन्न, नेतृत्वमा मान बहादुर तामाङ


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान स्थित राजधानी प्यालेस होटलमा सम्पन्न भएको छ। अधिवेशनले आगामी सन २०२५-२०२७ कार्यकालको लागि मान बहादुर तामाङ (दिल कुमार पाख्रिन)को नेतृत्वमा ४७ सदस्यीय कार्य समिति र १४ सदस्यीय संरक्षक सल्लाहकार समिति पनि चयन गरेको छ ।

निर्वतमान अध्यक्ष रणध्वज लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न उक्त महाधिवेशनमा विभिन्न देशमा रहेका आइसीसी, विभिन्न पदाधिकारीहरू,राष्ट्रिय समितिका संरक्षकहरू राजेन्द्र तमाङ, अर्जुन तामाङ, सुमित्रा देवी नेपाली नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, तथा कुवेतमा क्रियाशिल विभिन्न संघ-संस्थाका पदाधिकारीहरू,पत्रकार,अतिथिको रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा अनलाइनमार्फत शुभकामना सन्देश दिंदै प्रमुख अतिथि श्रेष्ठले गैर आवासीय नेपाली संघ सम्पुर्ण नेपालीको साझा संस्था भएकोले अदालतको आदेशबाट आफुले वैधानिकता पाउँदा पाउँदै पनि सबै साथीहरूलाइ मिलाएर लैजाने प्रयासमा अहिलेसम्म सबैलाइ समेटेर लैजाने प्रयासमा लागेको बताउँदै केन्द्र मात्र नभएर राष्ट्रिय समितिहरूमा समेत विचलन आएपनि छिट्टै यो समस्या सल्टिने बताउँदै देशको विकास एवं आप्रवासनमा रहेका नेपालीहरूको हक हित र अधिकारको संरक्षण, सम्वर्धन र सेवा सुविधा वृद्दिका लागि आफु लगायतको टिम लागि परेको बताए । मध्यपुर्वमा रहेका साथीहरूको हितको लागि नेपाल सरकारसँग समन्वय र सहजीकरण गरिरहेको बताउँदै कुवेत स्थित नेपाली दूतावासले दिने सेवामा स्तरोन्नतीका लागि पनि पहल गरिने बताए ।

कार्यक्रममा विशेष अतिथिहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले महाधिवेशनको भव्य सफलता एवं निर्वाचित हुने कार्यसमितिलाइ अगृम बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने दूतबहादुर लोप्चनको संचालनमा उपस्थित सबैलाइ महिला उपाध्यक्ष रमिता तामाङले स्वागत गरेकी थिइन् ।

गत जुलाइ ३० तारिक बद्री केसी समुहको महाधिवेशनबाट विकास बहादुर सिंह अध्यक्षमा चुनिएका थिए भने अगस्ट ४ तारीखको एकता महाधिवेशनबाट महेश श्रेष्ठ समुहबाट मानबहादुर तामाङ (दिल कुमार पाख्रिन) अध्यक्ष चुनिएका हुन्।

सन २०२५-२०२७ कार्यकालको लागि नव निर्वाचित कार्य समितिको पुरा नामावली यस प्रकार रहेको छ ।

संरक्षक
राजेन्द्र तामाङ
अर्जुन तामाङ
सुमित्र पौडेल
सुजन के सी
रण ध्वोज लामा

सल्लाकार
अमित राई
हरि लावती
चित्र बहदुर थापा
ध्रुव कुमार संग्रौला
टिकाराम आचार्य
केशर घलान
चित्र बहदुर थापा
राजन श्रेष्ठ
सुर्य कुमार लामा

आइसिसि सदस्य
पुषकर सिह धामी
बिष्णु परियार

अध्यक्ष
मान बहादुर तामाङ

वरिष्ठ उपाध्यक्ष
दामोदर बटाला

उपाध्यक्ष
जीवन निरौला
सेराज अहमद

महिला उपाध्यक्ष
रमिता तामाङ

महासचिव
विजय धामी

सचिव
दुत बहादुर लोप्चन
सचिव दिपक श्रेष्ठ

कोषाध्यक्ष
सोनाम लामा
सह-कोषाध्यक्ष
शेर जंग घले

महिला संयोजक
गिता थापा

युवा संयोजक
फुर्वा मोक्तान
युवा सह-संयोजक
राजु पुन मगर

प्रवक्ता
हर्क मोक्तान

सदस्यहरु
मित्र भक्त आचार्य
रमेश टमटा
श्रीकृष्ण भण्डारी
धर्म सिंह तामाङ
पेमा दोर्जे लामा
हरि बहादुर केसी
भिम कुमारी खड्का
ज्योति श्रेष्ठ
कृष्ण बहादुर तामाङ
बिष्णु माया ब्लोन
दिनेश सिंह बोहोरा
दिल बहादुर बि.क
सर्वेश कुमार राय
महोदत्त चपाई
राम बहादुर बस्नेत
पिंकी मगर
सुमन के सि
रन्जु जवेगु
पदम राज तामाङ
कृष्ण बहादुर पोखरेल
ल्या गेल्बो घले
रोशन थापा मगर
चन्द्र बहादुर तामाङ
राहुल तामाङ
सुरेन्द्र तामाङ
हरि थापा
सुमित्रा घलान
लक्ष्मी माया लो
जिवकली घर्ती
तेज माया घर्ती
अन्जु बि.क.
द्रोणराज थापा
अर्जुन पराजुली


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...