Tuesday 10th February 2026

नेपाली राजदूतावास कुवेतद्वारा श्रम सचेतना कार्यक्रम सम्पन्न


कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६ जुन २०२५ मा कुवेत् सिटीस्थित कोष्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा “श्रमिक सचेतना” विषयक एक अन्तरकृया कार्यक्रम आयोजना गर्यो।

कार्यक्रमका सहभागीहरुले उठाउनु भएको विविध विषयहरुको समग्र सम्बोधन गर्दै महामहिम राजदूत श्री घनश्याम लम्सालज्यूले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई राजदूतावासबाट प्रदान गरिने विभिन्न सेवाहरू राजदूतावासले प्राथमिकताका साथ सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको बताउनुभयो। सो अवसरमा महामहिमज्यूले नेपाली श्रमिकहरूको प्रतिनिधिहरू तथा श्रमिकहरुसँग छलफल गरी गुनासोहरु सुन्ने र समस्याको समाधान गर्न राजदूतावास सदैव तयार रहेको बताउनु भयो।

सो अवसरमा उपस्थित सहभागीहरुसँग राजदूतावासको सेवा प्रवाह, यसमा देखिएका कठिनाईहरु, समाधानकों उपाय तथा कुवेतमा रोजगारीको अवसरका सम्बन्धमा विविध जिज्ञासाहरुको बारेमा समेत विस्तृत रुपमा छलफल भएको थियो।

अन्तक्रिया कार्यक्रममा उपनियोग प्रमुख तथा काउन्सिलर श्री सुजनी रानाले कुवेतमा राजदूतावासले प्रदान गर्ने राहदानी सेवा, प्रमाणीकरण सेवा, यात्रा अनुमति पत्र, श्रमिकहरुले गर्न हुने र नहुने कुराहरु, विप्रेषण साक्षरता, सामाजिक सञ्जालको संयमित प्रयोग लगायत श्रमिकहरुका लागि उपयोगी अन्य जानकारीहरुका सम्बन्धमा र श्रम सहचारी श्री गिरीप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुविधाहरू लगायत श्रमका विविध विषय समेटिएको प्रस्तुतीकरण गर्नु भएको थियो।

सो कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका प्रतिनिधिहरु, यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय पत्रकारहरू एवं राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेकोमा कार्यक्रमकी सञ्चालन राजदूतावासका प्रथम सचिव श्री सुजन विडारीले गर्नुभएको थियो।
कार्यक्रमका सम्बन्धमा दूतवासद्वारा जारी विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

प्रतिकृयाहरू
...