Monday 31st March 2025

भारतलाई शक्ति देखाउने होडमा देश थप बरबाद हुदैछ


जसले जतिसुकै देश र जनताको नाम भजाए पनि नेपाल अशान्त भई रहनु का पछाडी भारत छ । नेपालमा कोही नेताहरु छैनन यीनीहरु सवै कुनै न कुनै रुपमा भारतीय एजेन्टहरु हुन । भारतको कृपा र निगाहका लागि उनीहरु जति झुक्न पर्छ त्यो भन्दा धेरै झुक्छन । भारतलाई नसोधी यीनले देश र जनताका लागि माखो मार्दैनन । उसले सिधै तेरो देश मलाई दे भनेको छैन तर तेरो देश मेरो निर्देशन र ईशरामा चल्न पर्छ भन्ने कुटनैतिक र रणनैतिक योजनामा जहिले पनि क्रियाशिल छ ।

राणाकाल पछि जति पनि सरकारहरु बने ती सवै भारतको समर्थन मा बन्ने वा भत्कने हुदै आएको दृष्टान्त भेटिन्छन । कहिले प्रजातन्त्रको नाममा त कहिले बहुदल को नाममा जति पनि आन्दोलन भए तिनको पछाडी भारतको हात छ । राजा लाई झुकाउने र आफू अनुकुल काम गराउने उसको प्रयास राजा महेन्द्र र विरेन्द्र दुवैले अस्वीकार गरेका हुन । त्यसैले नेपाल को राजसँस्थाका विरुद्धमा, कहिले प्रजातन्त्रको त कहिले गणतन्त्रको तुरुप फालियो ।

नेपाल भन्दा धेरै सानो अर्को मुलुक भूटान मा राजतन्त्रका विरुद्धमा भारत समर्थन गर्दछ । भूटानको राजा देशमा बलिया छन । त्यहाँ उसले तानाशाही राजसँस्था भएको देख्दैन । यसको पछाडीको एउटै कारण हो भूटानको सत्ता भारतको मर्जी अनुसार चल्छ । भूटानले अन्तराष्ट्रिय सम्बन्ध भारतको अनुमतीमा मात्र विकाश गरेको छ । जुन देशसँग भारत असहज महसुस गर्दछ त्यो देश भूटानको लागि पनि असहज हुन्छ । जुन देश को विरुद्धमा भारतले रणनिती बनाउछ त्यो देशसँग भूटान मित्रताको हात अघि बढाउदैन । भारतको त्यो चाहाना नेपालले पनि बुझोस भन्ने छ । तर नेपालका राजाहरु राष्ट्रबादी भैदिए । उनीहरु ले आफनो स्वतन्त्रता र सार्वभौमिकतामा जोड दिए जुन भारतलाई मन परेन र नेपालमा राजसँस्था फालियो ।

दलहरुमा राजाको जस्तो साहास छैन । उनीहरुमा शासन गर्ने विरासत छैन, उनीहरुमा त्यो स्तरको स्वभिमान र स्वाधिनता छैन । आवधिक रुपमा शासन गर्ने दलिय प्रणालीमा दलहरु र तिनका नेताहरु भारत रिझाउदा रिझाउदै देश भित्र अलोकप्रिय बन्ने गरेका छन । बर्तमान संविधान पनि त्यस्तै अस्थिरताको प्रतिक बनाईएको छ । एउटा दुतावासले चाहेको बेला साँसदहरुको खरिद गरेर दुई तिहाईको सरकार भए पनि दल विभाजन गराई दिन सक्छ, सरकार ढालिदिन सक्छ । । त्यो बुझेका दलहरु भारतलाई प्रभु मानेर पुजा गर्न पर्ने बाध्यतामा छन । कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति मा जान पनि उनीहरुलाई डर छ । लोकप्रिय नेताहरुले नै त्यस पद लाई उछिटयाउने उनीहरुलाई भय छ । जादु नम्बर ले पनि प्रधानमन्त्री पडकाउने भएका ले त्यो अवस्थाको अन्त्य हुने पिर छ । जसको कारण सत्ता का लागि शासन गर्नेहरु ले राजनितीमा च्याखे दाउ हान्न नसक्ने भएर उनीहरु जनताबाट निर्वाचित कार्यकारी नेतृत्वको सरकार चाहादैनन । त्यस्तो भयो भने जनअनुमोदित र पाँच बर्षका लागि कसैले हल्लाउन नसक्ने सरकारलाई खेलाउन सक्ने अवस्थामा भारत पनि रहने छैन यसर्थ उसले पनि जननिर्वाचित कार्यकारी चाहादैन । जुन नेपालका लागि अभिशाप हो ।

गणतन्त्र तत्कालिन भारतको चाहाना थियो त्यसलाई माओवादीले बोकेको थियो र सात दल त्यसको पुच्छर समातेर बैतर्नी पार गर्न सहमतीमा आएका थिए । माओवादी ले राजा फाल्न का लागि भारतसँग कसम खाएर लागेको थियो त्यसो गरे बापत उनीहरुलाई आर्थिक, भौतिक र राजनैतिक समर्थन प्राप्त थियो । सात दलले कार्यकर्ता पाल्न संघियता खोजेका थिए र पश्चिमाहरुले त्यसका लागि बजेट दिने तर हिन्दु राष्ट्र संबैधानिक रुपमा नै त्याग्न पर्ने सर्त राखेको देखिन्छ । यी तमाम कुरा अहिले आएर नेपाली जनताले बुझ्न थाले । अहिले राजाबादीहरु बलियो हुनको पछाडीको मुख्य कारण नै यहि हो । दिल्लीको १२ बुदे संझौता दलहरुलाई सत्ता प्राप्त भए पनि देश र जनताका लागि धोका थियो भन्ने प्रष्ट भएको छ ।

अहिले मुलुक मा जे भईरहेको छ त्यो अरु कसैले गराएको होईन । राजावादीहरु ले यति ठुलो समर्थन प्राप्त गर्नु यी नै दलहरुको अर्कमन्यता हो । देश दिनदिनै अधोगती तिर लाग्नु, सुशासन हराउदै जानु, भ्रष्टचार मौलाउनु, युवाहरु बेरोजगार हुनु , जनताबाट दलहरु टाढिदै जानु र मुलुक विरोधी संन्धि संझौताहरु एक पछि अर्को हुनुले दलहरु माथि को जनताको विश्वास हराउदै गएको फाईदा राजावादीहरुले लिएका हुन । यस अर्थमा दोषी अरु कोही नभएर यीनै सत्ता सञ्चालकहरु नै हुन । यसमा कुनै शंका छैन उनीहरु ले देश र जनतालाई शिर मा राखेर काम गरेको भए अहिले राजा बोक्न कोही अघि सर्ने थिएनन ।

भारतमा त्यसबेलाको सत्ता अहिले छैन । उसले राजालाई माया गर्छ गर्दैन त्यो यसै हो भन्न सकिन्दैन तर नेपाल लाई हिन्दु राज्य बनाउन उसले चाहेको छ । यो कुरा यी दलहरुले बुझेका छन । भारतको चाहाना विपरित जान यीनले सक्दैनन । राजा जनता ले मागे भने त्यो मुद्धामा पनि भारत सकरात्मक हुन सक्ने विकल्प छदैछ । उसले राजशाही को समर्थनमा जनता कति छन, छैनन त्यो हेर्न चाहेको जस्तो देखिन्छ । अहिले राजा चाहाने र नचाहानेको शक्ति प्रर्दशन भारतलाई देखाउन भईरहेको नौटंगी मात्र हो, के गर्ने तालाचावी त उसैको हातमा छ । उसले नजिकबाट निहाली रहेको छ । राजाहरु विगत देखि नै स्वभालम्बी रहेका र भारत वा चीनको नजिक भएर नभई आफ्नै पारामा चलेकाले उसलाई राजा आउदा खासै लाभ नहुने देखेका ले हिन्दु राष्ट्र नेपाल बनाउने तर राजा सहितको वा राजा विनाको भन्नेमा परिस्थिती कसरी विकाश हुन्छ भनेर हेर्ने पक्षमा रहेको विश्लेषण गरिन्दैछ ।

सरकारले जे चाहेको त्यही भयो

सरकारले राजावादी आन्दोलन दवाउन बाटो खोजिरहेको थियो । तिनका नेताहरुलाई पक्राउ गर्ने बहानाका लागि विभिन्न षडायन्त्र गरिरहेको थियो । आज भएको आन्दोलन ले उसलाई त्यो लाभ दियो । आन्दोलनलाई हिंस्रक बनाउनमा आन्दोलनकारी भन्दा धेरै जिम्मेवार सरकार छ । उसले कार्यक्रम स्थलमा विना कारण अश्रु ग्यास प्रहार गर्नु , हिडिरहेको जुलुस माथि प्रहरीहरु घरका छतमा गएर अश्रु ग्यास हान्नु को परिणाम आन्दोलन ले दिशा बदलेको देखिन्छ । सरकार दमनमा उत्रिने क्रममा जहाँ आगजनी भयो त्यो पनि घुसपैठ मार्फत गराईएको भन्ने प्रत्यक्ष दर्शीहरुले बोलिरहेका छन ।

अनावश्यक दमन र बल प्रयोग को जिम्मा सरकारले लिन पर्दछ की पर्दैन ? त्यही हिंसात्मक झडपहरुलाई देखाएर राजावादी नेताहरुलाई पक्राउ गर्ने सरकारी रबैया ले गरिने दमन ले मुलुक चल्छ ? यसरी कहिले सम्म कतिन्जेल सरकार चलाउने ?

प्रम ले राजीनामा दिन पर्दछ
मुलुक मा शान्ति कायम गर्ने तत्कालको मार्ग भनेको प्रम को राजीनामा हो । प्रम केपी ओलीको पूर्वाग्रहपूर्ण केही दिनका अभिव्याक्ति धेरै जिम्मेवार छन । दलका नेताहरु प्रचण्ड र देउवाका बोलीहरुले पनि माहौल भडकाउदै लगेको छ । यसरी नै तीन दलहरुले भिडन्त गर्ने धम्कि दिएर पनि माहौल गर्माएको हो । रास्वपा लाई दमन गर्ने नितीका साथ बनेको गठबन्धन सरकारले एक पछि अर्को गर्दै सवै विरोधी शक्तिहरुलाई भिडन्तको अवस्थामा पुरयाएको छ । प्रम केपी ओली सरकारले शुरु गरेको निषेध को राजनिती कहिले सम्म चल्छ ? समय छदै ओली ले राजीनामा दिएर विरोधीहरुसँग बार्ता शुरु नगर्ने हो भने एक दिन अवस्था त्यहाँ सम्म नजाला भन्न सकिन्न की बार्ताको कुनै गुञ्जायसै नहोस ।

देश दिनदिनै बरबाद भईरहदा पनि केही नभए जस्तो गर्ने तिनका कार्यकर्ताहरु पनि मुलुक भत्काउन जिम्मेवार छन । जनताको कर मा जात्रा गर्नेहरुका लागि यो व्यवस्था ठिक होला तर आम जनताको नजरमा यो व्यवस्था जोगाई दिन पर्ने कुनै कारण छैन । बन्दुक र बुटले कुल्चेर कुनै पनि सत्ता टिक्दैन भन्ने बुझ्न जरुरी छ । देशमा सबृद्धीको सपना बाडेर कंगाल बनाउनेहरुले परिवर्तन माग्नेहरुलाई गाली गरेको पटक्कै सुहाउदैन । राजा आउन वा काजी देश यसरी चाही चल्दैन ।

-तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

जसले जतिसुकै देश र जनताको नाम भजाए पनि नेपाल अशान्त भई रहनु का पछाडी भारत छ । नेपालमा कोही नेताहरु…

राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न…

कायरो: गाजा युद्धविराम वार्तामा मध्यस्थकर्ताहरू मध्ये एक इजिप्टले इजरायलबाट नयाँ युद्धविराम प्रस्तावमा सकारात्मक संकेत पाएको छ जसमा संक्रमणकालीन चरण समावेश…

प्रतिकृयाहरू
...