Wednesday 18th February 2026

किराया कुवेतले नेपालका अतिथि कलाकारहरू कुवेत ल्याइ सांगीतिक धमाका सम्पन्न गर्यो


किराँत राइ यायोक्खा कुवेतले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर कुवेतमा एक सांगीतिक धमाका सम्पन्न गरेको छ । हिँजो मिति ३ जनवरी २०२५ शुक्रबारका दिन कुवेतको जलिब स्थित अस्पायर इन्डियन इन्टरनेशनल स्कुलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको लागि किराया कुवेतले नेपालदेखि अतिथि कलाकारहरू छेवाङ लामा र बबिना किराँतीलाइ कुवेत ल्याएर सांगीतिक धमाका गरेको हो ।


समाजका अध्यक्ष उमेश राइको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख अातिथ्यता, एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामाको विशेष अातिथ्यता एवं कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार लगायतको अातिथ्यतमा सम्पन्न उक्त सांगीतिक कार्यक्रममा प्रमुख अतिथि लगायत वक्ताहरूले किराया कुवेतले संस्कार, संस्कृति, परम्परा जोगाइ राख्न खेलेको भूमिका एवं सामाजिक र मानविय सेवाका लागि गरेका याेगदानहरूको प्रशंसा गर्दै अागमी दिनमा सामाजिक एकताका लागि अझ सकृय रूपमा अघि बढोस भन्ने शुभकामना मन्तव्य दिएका थिए । शुभकामना दिने वक्ताहरूले कुवेतमा नेपाली श्रमिकको संख्या बढेसँगै घटना, दुर्घटना लगायत समस्याहरू पनि बढेर गएको बताउँदै यस देशको नियम, कानुनको पालना गर्न सबैलाइ सचेत गराउँदै सुरक्षित साथ श्रम गरेर स्वदेश फर्कन सबैलाइ शुभकामना दिएका थिए ।

कुवेतका स्थानिय कलाकारहरूद्वारा विभिन्न सांस्कृतिक झांकीहरू प्रस्तुत गरि शुरू भएको सांगीतिक कार्यक्रमको पहिलो चरणमा नेपाली सांगीतिक यात्रामा चम्किंदै अाफ्नो छुट्टै पहिचान बनाएकी फिल्महरूमा प्लेब्याक सिंगर रहिसकेकी बबिना किराँतीले सुमधुर सांगीतिक प्रस्तुति दिएर मन्त्रमुग्ध पारेकी थिइन् भने कार्यक्रमको उत्तरार्धमा पप अाधुनिक गीत मार्फत अाफ्नो पहिचान बनाएका चर्चित कन्सर्टर छेवाङ लामाले प्रस्तुति दिएर दर्शकको सांगीतिक प्यास मेटाउने काम गरेका थिए ।

अतिथि कलाकारहरूलाइ सम्मान समेत गरिएको उक्त कार्यक्रममा कुवेतको नियम कानुनको परिधिमा रहेर सार्वजनिक कार्यक्रम गर्नुपर्ने हुँदा केही चुनाैती रहे पनि अायोजकले कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सम्पन्न गरेको थियो भने यो कार्यक्रम सम्पन्न गर्न अलमुल्ला एक्सचेन्जले मुख्य प्रायोजन र एम्बेस्डर सुपरमार्केटले सह-प्रायोजन गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...