Thursday 17th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः नेपाल आमाको काखमा…


नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीरहरुको भुमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।।

यो धर्ती आफै मुस्कुराउ छ मुस्कान सधै रहिरहन्छ
ज्यानको बलिदान दिएर भए पनि देशको सुरक्षा गर्नु छ
यो देशको नाम संसारमा फैलाउनु छ
नेपाल आमाको आवाजलाई चिन्नु पर्छ ।।

यो देशको स्वाभिमानको कथा लेख्नु छ
देशभरी शान्तिको सन्देश फैलाउनु छ
हातमा देशको झन्डा र दिलमा नेपाल देश छ
देशभक्ती हाम्रो पहिलो कर्म हुनेछ ।।

नेपाल आमाको काखमा शिर राखेर सुत्नु छ
देशभक्ति हाम्रो नसा नसामा बग्छ
वीर भूमी हो यो यहि हाम्रो पहिचान छ
यो माटाेलाई नमन गरौ यसको इतिहास महान छ ।।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणपछि लगातार चारवटा विदेश भ्रमण गर्ने तयारी भएको बताइएको छ। पछिल्लो विवरणअनुसार उनको भारत भ्रमणको…

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

प्रतिकृयाहरू
...