Wednesday 16th September 2026

गोबिन्द राज ओझा (राजन )को गीति कविताः आशिर्वाद देउ हे आमा


आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ
आफ्नो पौरखले यो माटाेमा अन्न उब्जाउने छौ
रित्ता होलान् भकारीहरु अब हामीले भर्नेछौ ।।

कुन बाटो जादा ठिक हुन्छ सोचेर बताउ
सबै जना मिलेर ज्ञानको ज्योति फैलाउ
प्रत्येक बस्ती बस्तीमा ज्ञानको ज्योति फैलाउनु छ
सुख्खा ठाउँहरुमा सिचाइको प्रवन्ध गर्नु छ ।।

नेपाली माटाेको बारेमा बुझ्नु र पढनुपर्छ
हामीले फेर्ने श्वासमा नेपालीपन हुनुपर्छ
आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ ।।

लेखक : गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...