Sunday 16th August 2026

एफएनजे शाखा कुवेतले ट्राफिक सचेतना साथै रक्तदान कार्यक्रम आयोजना गर्ने


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नोभेम्बर महिनालाई ट्राफिक सचेतना र डिसेम्वर १३ तारिक रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको हिजो फर्वानियास्थित एभरेष्ट नेपाली रेष्टुरेण्टमा एजराज मल्लको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

वैदेशिक रोजगारीको लागि कुवेत आउने नेपाली श्रमिकको सङ्ख्या दिनानुदिन बढिरहेको छ । केही समय यता कुवेतमा सवारी दुर्घटनामा परी धेरै नेपाली श्रमिकहरुको मृत्यु भएको छ । नेपाली श्रमिकले तीव्र गतिमा सवारी आईरहेको बेला अन्धाधुन्ध बाटो काट्ने क्रममा सवारी दुर्घटनामा ज्यान गुमाएका छन । महासंघले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सुरु गर्ने भएको छ । विशेष गरी कुवेतमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गर्दै नोभेम्बर महिनाको चार शुक्रवार महासंघले प्रत्यक्ष भेटघाट गरि ट्राफिक सचेतना शिक्षा सुरु गर्ने भएको हो । त्यसैगरी कुवेतमा संचालित नेपाली मिडियाबाट पनि ट्राफिक सचेतना सम्बन्धी प्रचारप्रसार गर्ने भएको छ ।

कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा कुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिन स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने महासंघले जनाएको छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई महासंघले आग्रह गरेको छ ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र रक्तदान गरे पश्चात् ध्यान दिनु पर्ने कुराहरू :
रक्तदान गर्नु भन्दा पहिले 
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिभिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाने ।
रक्तदान गरी सके पश्चात् : 
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउने ।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...