Sunday 1st November 2026

जन-जागृतिको सहयोगमा कैलालीकी मनिषा नेपालीको शव नेपाल पठाइयो


तीतोपाटी – वैदेशिक रोजगारीको क्रममा कुवेतमा कार्यरत रहि स्वदेश फर्कने समयमा झुण्डिएर आत्महत्या गरेकी कैलालीकी मनिषा नेपालीकोको शव नेपाल पठाइएको छ । जन-जागृति युवा समाज कुवेतको समन्वयमा नेपालीको शव आज ९ सेप्टेम्बर साँझ नेपाल पठाइएको हो । शव पठाउन लाग्ने दस्तुर (एयरवे बिल) बापतको ३ सय ८५ दिनार जन-जागृति युवा समाजले दाताहरूको सहयोगमा जम्मा गरी उपलब्ध गराएपछि दूतावासले सम्पुर्ण कागजी प्रकृया पुरा गरि नेपालीको शव पठाएको हो ।

नेपाली राजदूतावासका अनुसार राहदानी नं. PA0065942 भएकी २९ वर्षीया नेपाली वैदेशिक रोजगारीको प्रकृया बिना अवैधानिक बाटो हुँदै कुवेतमा काम गर्न आएकोमा करार पुरा भइ स्वदेश फर्कन टिकटसमेत लिइसकेकोमा गत जुलाइ २५ मा झुण्डिएर आत्महत्या गरे पश्चात आर्थिक अभाव हुँदा सभान फरेन्सिक सेन्टर मातहत शवगृहमा थन्किरहेकोमा दूतावासमार्फत जन-जागृति युवा समाजको जानकारीमा आएपछि समाजले सहयोगीहरूमार्फत संकलित रकम दूतावासलाइ हस्तान्तरण गरेपछि शव नेपाल पठाउन सम्भव भएको हो ।

नेपालीको शव एअर अरेबियाको अहिले साँझ १८ः३० बजेको उडानबाट सारजाह हुँदै नेपाल जाँदैछ भने भोली बिहान ८ः१५ बजे काठमाण्डाैं पुग्नेछ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...