तीतोपाटी- बिपिन, नेपालको बाजुरा जिल्लाको दुर्गम ठाउँमा जन्मिएका थिए। परिवारमा सात जना सदस्य थिए, दुई दाजु, दुई बहिनी, आमा, बुबा र उनी। घरको आर्थिक अवस्था नाजुक थियो, खेतबारी गरेर जेनतेन जीविका चलाउनुपर्ने अवस्था थियो। बुबाले वर्षौंदेखि परिवारलाई सम्हाल्न खटिएका थिए, तर जसरी महँगी बढ्दै गइरहेको थियो, घरको आर्थिक स्थिति सुध्रिनुको सट्टा झन् बिग्रँदै गयो।
बिपिनको मस्तिष्कमा एउटा मात्र कुरा चलिरहेको थियो- कसरी परिवारलाई गरिबीको दलदलबाट निकाल्ने? एक दिन गाउँकै दाइहरूले उनलाई खाड़ी मुलुकमा काम गर्न जाँदा ठूलो आम्दानी हुने कुरा सुनाए। “तेस्रो मुलुकमा काम गर्न गएर महिनामा ५०-६० हजार कमाउन सकिन्छ,” उनीहरूले भने। यो सुनेपछि बिपिनको मनमा आशा पलायो। उनले आफ्नो बुबासँग यसबारे कुरा गरे, र निर्णय गरे- अब खाड़ी मुलुक जाने समय आएको छ।
आफ्ना सपना साकार पार्न बिपिनले गाउँका केही आफन्तहरूसँग पैसाको जोहो गरे र म्यानपावर कम्पनीमार्फत खाड़ी मुलुक कुवेत जाने तयारी थाले। पासपोर्ट, भिसा र टिकटको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेपछि उनी उत्साहित भए। जहाजमा पहिलो पटक चढ्दा उनी आफैलाई गर्व गर्दै थिए- उनले सोचिरहेका थिए कि अब उनको जीवन परिवर्तन हुनेछ। तर कुवेत पुग्नासाथ उनलाई वास्तविकता बोध भयो। उनलाई जुन कामको प्रतिज्ञा गरिएको थियो, त्यस्तो काम पाउन सकिएन। उनी एउटा निर्माण कम्पनीमा भारी सामान उठाउने काममा लगाइए। दिनभरि ५० डिग्री सेल्सियसको गर्मीमा पसिना बगाउँदै उनले काम गर्नुपर्यो।
प्रत्येक दिन बिहानदेखि बेलुकासम्म उनी काम गर्थे, तर जुन आम्दानीको सपना बोकेर उनी त्यहाँ पुगेका थिए, त्यो पूरा हुन सकेन। कम्पनीले उनीलाई वाचा गरेको तलबभन्दा आधा मात्र तलब दिन्थ्यो। साहुहरूको कठोर व्यवहार, खानेकुराको कमी र अपमानजनक भाषा सहनुपर्थ्यो। कहिलेकाहीँ त काम गरेको दिन पनि उनले बिनातलब बिताउनु परेको छ भन्दै । बिपिनले अन्तिममा सोचे जाही जिन्दगी रहीनछ गीतको टुक्का सुनाए।
यसरी, केही महीना अघिमात्र साउदीअरब, पुगेका नन्द बहादुरको कथा पनी सही नसक्नू छ। ३३ महीना पहिला मात्र साउदीअरब गएका थिए नन्द बहादुर- नेपाल रोल्पा घर बताउने नन्द बहादुर अहिले सऊदीमा एक कृषिमा कार्यरत छन। ठुलो सपना बोकेर सऊदी पूगेका नन्द अहिले बढ़ो दुख पाएको बताउन्छन। घरमा छोरा छोरी र श्रीमतीलाई मीठो सपनाको भारी देखाएर सऊदी हानिएका नन्द पहिला कसरी नेपाल फर्कीने होला भन्ने तनावमा रहेको र अहिले सकुशल नेपाल फर्कीएको बताए। सपना देखेर खाड़ी गएका नन्द पहिला अपूरो सपना लिएर घर जान डराएको बताउन्छन। भने जस्तो काम र दाम नभएपछी आफू तड्पिएको बताए। जती गाह्रो परिस्थिति हुँदा पनि नन्दले परिवारको सम्झनामा आँसु पुछ्दै सहनशक्ति कायम राखे। उनी नेपालमा भएका आफ्ना परिवारलाई पैसा पठाउन सक्ने अवस्थामा थिएनन्, तर पनि उनले प्रयास गरिरहे। समय बित्दै गयो, उनी मानसिक रूपमा थकित हुँदै गए, तर आफ्नो परिवारलाई निराश गर्न चाहँदैनथे। ३३ महीनासम्म उनले खाड़ीमा दुःख पाउँदा पनि आफ्नो परिवारलाई समर्पण र लगनशीलताका साथ जे जती कमाई हुन्छ पैसा पठाउन शुरू गरे। जसोतसो उनले घरको ऋण तिरे, र आफ्नो छोरा-छोरीको पढाइ खर्च जुटाए। तर उनको स्वास्थ्य बिग्रँदै गयो, शारीरिक रूपमा कमजोर हुँदै गए। एकदिन उनले निर्णय गरे कि अब घर फर्किनुपर्छ। उनले आफूले गरिरहेको काम छोडे र नेपाल फर्कने तयारी गरे। घर फर्केपछि, उनी गाउँका सबैलाई आफ्नो संघर्षको कथा सुनाउने बताए। नेपालको अन्तराष्ट्रीय विमानस्थलमा भेटीएका नन्दबहादुरले खाड़ी जानु मात्र समाधान होइन, त्यहाँको जीवन असहनीय छ भन्दै उनले विमानस्थलमा सुनाए र आफु नेपाल फर्किएकोमा खुसी व्यक्त गरे।
साउदीमा कार्यरत नन्द बहादुरको र, कुवेतमा कार्यरत बिपिनको यो संघर्षको कथा एउटा उदाहरण मात्र हो। यो केवल उनको संघर्षको कथा नभएर, ती लाखौं नेपाली युवाहरूको कथा हो, जो विदेशमा सपना बोकेर जान्छन्, तर त्यसका पछाडि गहिरो पीडा र संघर्ष पनि लुकेको हुन्छ। नन्दले आफ्नो परिवारको लागि सबै कठिनाइ सहेर बाँच्न सक्ने हिम्मत देखाए। उनको परिवारलाई नयाँ जीवन दिने प्रयास गरे, तर उनले आफ्नो जीवनको महत्त्वपूर्ण समय त्यहीँ गुमाएकोमा दुःख व्यक्त गरे।
यो कथाले समाजका सबै युवाहरूलाई शिक्षा दिन्छ कि सपनाको पछाडि दौडनु अघि वास्तविकता बुझ्न जरुरी छ। खाड़ी जानु भन्दा आफ्नो देशमै केही गर्ने उपाय खोज्नु नै दीर्घकालीन समाधान हुन सक्छ।