Monday 18th November 2024

चित्रमा पञ्चाङ्ग, भागः १२०


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

यो बाटो कसले बनायो होला
अर्थ पनि कति खनायो होला
अचम्मको पथ देख्दा यसरी
कतिलाई अति गनायो होला
सीप कला ज्ञान जनायो होला ।

सविता के.सी.

पञ्चाङ्ग २

सरुवा रोग सर्छ मान्छेलाई
अनेक शंका पर्छ मान्छेलाई
कुरा नबुझेर बोल्ने गर्नाले
मनमा गन्ध भर्छ मान्छेलाई
रिसले के के गर्छ मान्छेलाई ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ३

आफ्नो भागको सम्पूर्ण कुरा जान्छ रिसले बुझौँ
झैझगडा र मुद्धामामिला छान्छ रिसले बुझौँ
जति बढायो उत्ति नै बढ्दै जेलमा पु¥याउँछ
जसले जन्मायो उसैलाई खान्छ रिसले बुझौँ
आत्मग्लानि चितामा जिउँदै लान्छ रिसले बुझौँ ।

श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन

पञ्चाङ्ग ४

सत्रु उदाउने रिस नराम्रो
घाँटी समाउने रिस नराम्रो
आगो सल्केछ गाउँ सहरमा
मान्छे सताउने रिस नराम्रो
बस्ती रुवाउने रिस नराम्रो ।

– आर्त अकुलीन

पञ्चाङ्ग ५

रिस नउठ्ने बुद्धको रुप भन्छन् यहाँ
गुणी व्यक्तिले मात्र सधैं सहन्छन् यहाँ
धैर्य टुटेपछि मूर्ख थाल्छन् आफैलाई ,
दुःख पीर आफ्नो भनेर कहन्छन् यहाँ
झगडा नगर्ने नै सुखी रहन्छन् यहाँ ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ६

कोही मिलनको बाटो खन्दैन रिस गरेमा
विश्वासिलो हो भनेर गन्दैन रिस गरेमा
रिस नै हो बन्न लागेको काम पनि बिगार्ने
कसैले कत्ति नि राम्रो भन्दैन रिस गरेमा
जिन्दगी पनि सफल बन्दैन रिस गरेमा ।

✍️प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

सत्रुता कमाउने बानी नराम्रो
देखावटी धनको सानि नराम्रो
सकेसम्म मित्रता बढाउँ सबैले
आफै रिसले बार्ने पानी नराम्रो
दिमागमै रिसको खानी नराम्रो !!

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

सानाे तिनाे कुराे झर्काे लाग्नसक्छ
सत्रु जस्त‍ो आफ्नो घर्काे लाग्नसक्छ
जति रीस गर्याे, बढ्दै जान्छ उत्ति
बिल्नाे तरकारी चर्काे लाग्नसक्छ
आफ्नाे मान्छे पनि अर्को लाग्नसक्छ ।

सूर्य गिरी कास्की पोखरा

पञ्चाङ्ग ९

अपराध गरेपछि जेल हुने हाे
किताब नपढेपछि फेल हुने हाे
नकारात्मक साेच राखे हुन्छ हानी
खेलाडी मिलेपछि न खेल हुने हाे
ताेरी पेलेपछि मात्र तेल हुने हाे ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १०

पञ्चतत्वले बनेको शरीरमा एक मात्रै हावी हुनुहुदैन
सन्तुलित हुनुपर्छ सबै कसैको हातमा चाबी हुनुहुदैन
रीस हामीभित्रको आगो पो हो आगो पनि त अवश्य चाहिन्छ नि
सही प्रयोग गरे भात पाक्छ त प्रयोग खराबी हुनुहुदैन
तर जलाएर आफैंलाई बहादुरीताको दाबी हुनुहुदैन ।

-पशपती राई खोटाङ ।

👉 पञ्चाङ्ग ११ 🇧🇹
समाजले काही गन्दैन रिसाहालाई
कसैले गतिलो भन्दैन रिसाहालाई
जति गर्यो रिसराग बड्छ उति धेरै
अनुराग प्यारो बन्दैन रिसाहालाई
प्रगतिले बाटो खन्दैन रिसाहालाई ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹


सम्बन्धित शीर्षकहरु

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले…

महागुरु फाल्गुनन्द लिङदेनको १४० औं जन्मजयन्ती कुवेतमा विशेष कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ। कार्यक्रमको उद्घाटन महागुरुको तस्बिरमा माल्यार्पण…

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

प्रतिकृयाहरू
...