Sunday 22nd March 2026

शीत सन्ध्या सम्पन्न


पुष्कर अथक रेग्मी – शीत काव्य समाज नेपालको आयोजना र सुख शान्ति मिडियाको संयोजनमा शीत सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । शीत गायन तथा शीत कर्ण पुरस्कार समर्पण संगै भएको कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी.को अध्यक्षता र साहित्यकार डा. यादेवी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले भन्नुभयो, “अचेल कविता कविता विधामा विभिन्न उपविधाहरू परिकल्पना भएका छन् जस्ले नेपाली कविताको विकासमा थप योगदान पुर्याएको छ । पाल्पाबाट अथकजीले परिकल्पना गर्नु भएको शीत काव्यले अझ व्यापकता पाउँदै जाओस शुभकामना । सम्मानित व्यक्तित्व लगायत कलाकारहरूलाई समेत बधाई शुभकामना”

कार्यक्रमको बिशिष्ट अतिथिको रूपमा शीत परिकल्पनाकार एवं शीत ईश्वर पुष्कर अथक रेग्मी, सुसेलीका अभियन्ता दुर्गा अधिकारी भमरकोटे र अग्रज कवि मुरली प्रसाद ढकाल रहनु भएको थियोे भने अतथिहरूमा शीतकर्ण पुरस्कारद्वारा सम्मानित व्यक्तित्व शीत ईश्वर देशभक्त सिंह कुॅवर, मानार्थ शीत ईश्वर लव जोशी पूर्व सहायक रथि तेज प्रकाश वाँनिया, पुर्व सेनानी टंक बहादुर खत्री, कुल बहादुर ढकाल, कवि द्वारिका कुॅईकेल, चन्द्रा न्यौपाने, गुनु के.सी., बरिष्ठ साहित्यकार माधवानन्द, बरिष्ठ संगितकार बिष्णु गुरुङ, सदाबहार कवि तोयानाथ सुबेदी अन्य अतिथिहरुमा सुशिला ढकाल, विमला ढकाल समिक्षा, कवि कृष्ण प्रसाद पौडेल, कवि बासुदेव ठकुरी, सत्यनारायण ढकाल, सरश्वती अर्याल, पार्वती घिमिरे पौडेल, सुस्मिरा अर्याल, सबिता अधिकारी लगायत साठी भन्दा वढि अतिथि साहित्यकार, कलाकारहरूको उपस्थिति रहेको थियो ।

शीत काव्य समाज नेपालका संस्थापक महासचिव, प्रथम शीत उपन्यासकार एवं सुख शान्ति मिडियाका संचालक दामोदर ढकाल दीपकको ओचित्यता सहितको स्वागत, पाल्पाको माटो टुप्चेमा राखी समुदघाटन, राष्ट्रिय गान, शीतगान संगै शुरू भएको कार्यक्रममा काव्यकार लव जोशी र देशभक्त सिंह कुँवरलाई सभाध्यक्ष कृष्ण के.सी. र गुनु के.सी.द्वारा शीत कर्ण पुरस्कार, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी र शीत ईश्वर दामोदर ढकाललाई आधुनिक कला संस्कृति फाउन्डेसनद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा गायक/गायिकाहरू सरस्वती अर्याल, विमला ढकाल, सुशीला ढकाल अधिकारी, सत्यनारायण ढकाल, विष्णु गुरूङ, सविता अधिकारी, कृष्णा खडका, रामशरण पाण्डे, दीपा दियाली कृष्ण के.सी., पुष्कर अथक रेग्मी, मुरली प्रसाद ढकालद्वारा शीत गायन गरिनुका साथै संगीतकारहरू विष्णु गुरूङ, कुल बहादुर ढकाल, रामशरण पाण्डेद्वारा शीतमा संगीत दिइएको थियो । पुष्कर अथक रेग्मीको अर्घ्य र दामोदर ढकालको शीतयात्रा भित्रका शीतहरू गायन गरिएको थियो ।
उपन्यास शीतयात्राको फिल्म बनाउने तयारी रहेको छ ।
कार्यक्रमा कवि विमला ढकालको अध्यक्षतामा शीत काव्य समाज वाग्मती प्रदेशको पुनर्गठन गर्ने घोषणादर सबैलाई धन्यवाद सहित सभाध्यक्ष शीत ईश्वर कृष्ण के.सी.द्वारा सभा विसर्जन गरिएको थियो ।
तीन घण्टा सम्म चलेको कार्यक्रमको संचालक कवि के.वि.पौडेलद्वारा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...