Tuesday 13th January 2026

आइपीएलको उपाधि कोलकाताले जित्यो


कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपीएलको उपाधि जितेको हो ।

सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकाताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।

यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आइपिएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...