Thursday 10th September 2026

पेट्रोलको मुल्य एकैचोटी ४ रूपैयाँले बढ्यो


नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको हो।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७५ पुगेको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू हुनेछ। त्यस्तै डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...