Saturday 3rd October 2026

ट्रम्पको दाबी: इरान युद्ध नोभेम्बरको चुनावपछि मात्र अन्त्य हुनेछ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध जारी राख्न नसक्ने र चुनावलगत्तै संघर्ष अन्त्य हुने दाबी गरेका छन् । ट्रम्पले युद्धका कारण बढेको तेलको मूल्य पनि चुनावपछि घट्न थाल्ने बताएका छन्। उनका अनुसार हालको आर्थिक दबाब इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नका लागि आवश्यक छ।

युद्ध सातौँ महिनामा प्रवेश गर्दा अमेरिकामा इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। यसका कारण ट्रम्पको लोकप्रियता घट्दै गएको र आफ्नै रिपब्लिकन पार्टीभित्रबाट युद्ध चाँडै अन्त्य गर्न दबाब बढिरहेको छ।

यसैबीच, मध्यपूर्वमा तनाव अझ बढेको छ। अमेरिका र इरानबीच तेल ट्यांकर तथा सैन्य लक्ष्यहरूमा आक्रमण–प्रतिआक्रमण जारी छ भने यमनका हुथी विद्रोहीहरूले पनि साउदी अरबका तेल पूर्वाधारमा आक्रमण गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...