Friday 15th May 2026

कुवेतमा घरेलु कामदार महिलाको संख्या २५ हजार भन्दा माथि


कुवेतले निकालेको भरखरैको एक प्रतिवेदन अनुसार यहाँ २५ हजार भन्दा धेरै नेपाली महिलाले घरेलु कामदारको रुपमा काम गर्दछन । उक्त तथ्यांक सन २०२३ को मध्य सम्मको मात्र हो । त्यसयता के कति थपिएका छन त्यसको हिसाव यो संख्यामा समावेश छैन । यसरी नै ईलिगल रुपमा घरमा काम गर्ने कामदारहरुको संख्या पनि निक्कै ठुलो रहेको बताईन्छ । दलाल मार्फत घरेलु कामदारका लागि ल्याएका तर खटन नसके पछि भागेर घर बाहिर लुकीछिपी गैर कानूनी रुपमा रहेका महिलाहरु को संख्या पनि यसमा पर्दैन ।

स्थानिय नागरिकहरुले घरेलु महिला कामदारहरु यहाँ खोलिएका एजेन्सी मार्फत लिने गर्दछन । उनीहरुले त्यसरी कामदार लिदा एजेन्सीलाई के कति रकम बुझाउन पर्दछ भन्ने कुरा कुवेतको सरकारी निकायले टुंगो लगाएको छ । फरक फरक एजेन्सीले स्थानिय नागरिकलाई कामदार उपलब्ध गराए बापत जथाभावी रकम लिएको गुनासो लामो समय देखि रहदै आएकोमा अब त्यसको निराकरण हुने देखिन्छ । जसनुसार एसियाली देशहरूबाट घरेलु कामदारहरूलाई KD750 (टिकट सहित), अफ्रिकी देशहरूका घरेलु कामदारहरूका लागि KD575, र प्रायोजकद्वारा प्रदान गरिएको विशेष राहदानी भएका व्यक्तिहरूको लागि KD350 मा अधिकतम शुल्क निर्धारण गरेको छ । अरब टाईम्सको समाचार अनुसार उल्लेखित रकम यात्रा टिकट सहित घरेलु कामदारहरू भर्ती गर्ने अधिकतम लागत मन्त्री स्तरिय निर्णयबाट निर्दिष्ट गरिएको हो ।

यसैबीच, नागरिक सूचनाका लागि सार्वजनिक प्राधिकरण (PACI) को आधिकारिक तथ्याङ्कले 2023 को मध्यमा दर्ता घरेलु कामदारहरूको कुल संख्या 811,307 पुगेको खुलासा गरेको छ। जसमा सवै भन्दा धेरै भारतिय नागरिक छन । भारतका ३,६१,२२२ (कुलको ४४.५ प्रतिशत); त्यसपछि दोस्रो स्थानमा फिलिपिन्स 201,110 (24.8 प्रतिशत); श्रीलंका 102,685 (12.6 प्रतिशत) संग तेस्रो छ; चौथो स्थानमा बंगलादेश ८५,९८९ (१०.६ प्रतिशत); नेपाल २५,५५४ (३.१ प्रतिशत) सहित पाँचौं; इथियोपिया 11,684 (1.4 प्रतिशत) संग छैटौं छ; बेनिन 5,105 (0.6 प्रतिशत) संग सातौं; 2,103 (0.3 प्रतिशत) संग इन्डोनेसिया आठौं; माली 1,901 (0.2 प्रतिशत) संग नवौं र माडागास्कर 1,838 (0.2 प्रतिशत) संग 10 औं स्थानमा छ। यो थपिएको छ कि अन्य राष्ट्रियताका 11,616 व्यक्ति कुल घरेलु कामदार जनसंख्याको 1.4 प्रतिशत छन्।

नेपाल ले कुवेतका लागि घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएको १४ बर्ष भएको छ तथापी कुवेतमा महिला घरेलु कामदार को संख्या पाँचौ स्थानमा छ । २५ औ हजार महिला घरेलु कामदार यीनै प्रतिबन्धका विच कुवेतमा यति ठुलो संख्यामा कसरी आए भनेर कसैले खोजी नगरेको विषय हो । उनीहरु सेटिंगमा नेपाल बाट आउने गरेका छन भने कतिपय भारतियबाटो हुदै दलाल मार्फत यहाँ आईपुग्दछन । नेपाली दुतावासले यसरी आउने कामदारहरुलाई रोक्ने कुनै प्रयत्न र पहल गरेको पाईन्दैन । बरु उनीहरुलाई यहाँ ल्याउने सँग दुतावासको पनि सेटिंग रहेको आरोप बेलाबेला लाग्ने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...