Tuesday 14th May 2024

महामहिम शेख मिशाल अल-अहमद अल-जाबेर अल-सबाह कुवेतका नयाँ राजा


कुवेत शहर, डिसेम्बर १६, महामहिम अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन निदन भए पछि नयाँ राजाको रुपमा महामहिम युवराज शेख मिशाल अल-अहमद अल-जाबेर अल सबाह कुवेत राज्यको (राजा) अमिर घोषित हुनु भएको छ ।

आजै बसेको मन्त्रिपरिषदको असाधारण बैठक ले महामहिम युवराज शेख मिसाल अल अहमद अ सवाह लाई देशको राजाको रुपमा कुवेतको संविधान बमोजिम घोषणा गरेको हो । पूर्व स्वर्गीय राजा अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल सवाह को निदन आज नै भएको थियो । लामो समय देखि विमारी अवस्थामा रहनु भएका पूर्व राजाको राजाकाज उत्तरधिकारीको रुपमा नवघोषित महाममहिम ले नै समाल्दै आउनु भएको थियो ।

उपप्रधानमन्त्री अल-कन्देरीले शोक मनाउन आधिकारिक रुपमा तीन दिने बिदा भोलि आइतवारबाट सुरु हुने र ४० सम्म आधा झण्डा झुकाएर शोख मनाउने कुरा को जानकारी एक विज्ञप्ति मार्फत दिनु भएको छ । शोक मनाउने अन्तिम दिन डिसेम्बर १९ मा मंगलबार सम्म तोकिएको छ । साथै जारी विज्ञप्तिमा दिवंगत राजाको आत्माको शान्तिको कामना गरिएको छ ।

नव-घोषित अमिर असाधारण पुरुषहरू मध्ये एक भएको जनाईएको छ । विवेकी वरिष्ठहरू र परिवारका चतुर राजनीतिज्ञहरूबाट नेतृत्व कौशल सिकेका नवराजा शेख मिसाल, विगत तीन वर्ष देखि महामहिम अमिरका विश्वासनीय शीर्ष समर्थक रहेको भनिएको छ । पूर्व राजाको अनुपस्थितीमा निर्णय प्रक्रियामा भाग लिने, राज्यको नेतृत्व लिने, जिम्मेवारीको भारी बोझको अंश बोक्दै, देशलाई विकसित राज्यहरू को लक्ष्यमा अगाडी बढाउन का साथै सुरक्षा र समृद्धिलाई बलियो बनाउन उहाँको भूमिका रहेको भनिएको छ । भर्खरै नामित राज्य कुवेत अमिरले धेरै सुरक्षा र सैन्य पदहरूमा सेवा गर्नु भएको छ । जसमा गृह मन्त्रालय र राष्ट्रिय गार्डहरूमा वरिष्ठ पदहरू र आधिकारिक अवसरहरूमा र विभिन्न कूटनीतिक र राजनीतिक मिशनहरूमा शीर्ष शासकहरूको प्रतिनिधित्व उहाँद्धारा हुदै आएको थियो ।

१९४० कुवेतमा जन्मनु भएका शेख मिशाल कुवेतका १० औं शासक शेख अहमद अल-जाबेर अल-मुबारक अल-सबाहका सातौं छोरा हुनुहुन्छ । बाल्यकालमा उनलाई आफ्ना आमाबाबुले पढ्न र लेख्न सिकाउनु भएको थियो । परिवारका केही वरिष्ठहरू अल-मुबारकिया स्कूलमा भर्ना हुनु अघि, कुवेतको पहिलो निजी विद्यालय पढनु भएको थियो भने सन उहाँले १९६० मा बेलायतको हेन्डन पुलिस कलेजबाट स्नातक गर्नु भएको थियो ।

स्वदेश फर्किएपछि उहाँ तत्कालिन अवस्थामा भर्खरै स्थापना भएको गृह मन्त्रालयमा पुग्नु भएको थियो । सन १९८७ मा, उहाँ एक कर्नेल रैंकको साथ सार्वजनिक निरीक्षण प्रमुख नियुक्त हुनुभयो र २० वर्षसम्म विभिन्न विभागहरुका विभिन्न पदहरू मा रहेर सेवा गर्नु भएको थियो । अप्रिल १३, २००४ मा, शेख मिसाललाई एक अमिरी डिक्री अनुसार नेशनल गार्ड्सको उपप्रमुखमा एक मन्त्रीको हैसियतमा नियुक्त हुनुभयो । जहाँ उहाले यस संवेदनशील सुरक्षा उपकरणलाई सुधार गर्न योगदान दिनु भएको थियो । राष्ट्रिय सुरक्षा कायम राख्न आफ्नो भूमिका बढाउदै महामहिम शेख मिसालले देशको सुरक्षा र स्थायित्वको रक्षा तथा संरक्षणका साथै प्रमुख प्रतिष्ठानहरू सुरक्षित गर्न सेना, प्रहरी र फायर फोर्सलाई सक्षम राख्न नेशनल गार्ड्सको महत्वलाई उहाँले ध्यान दिनु भएको थियो ।

अक्टोबर ८, २०२० मा, शेख मिसाललाई राष्ट्रिय सभाको विशेष सत्रमा अमीरात उत्तराधिकार कानून र कुवेत संविधान राज्य युवराजको रूपमा घोषणा गरिएको थियो, जहाँ उनले स्वर्गीय अमिरको सपथ ग्रहण समारोह पछि सांसदहरूको अगाडि संवैधानिक शपथ लिनु भएको थिए । सभासद्हरुलाई सम्बोधन गर्दै शेख मिसालले जनसहभागिता आफ्नो शासन नीतिको हिस्सा हुने बताउँदै नागरिकमा सद्भाव, सहिष्णुता र विभाजन त्यागको भावनालाई बढावा दिने वाचा गर्नु भएको छ । यसरी नै उहाँले संविधान र न्यायमा आधारित राष्ट्रिय हितलाई सबै भन्दा माथि राखेर स्थायित्वको लोकतन्त्रसहित कुवेतको उज्ज्वल भविष्य सुनिश्चित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

शेख मिसालले सँधै कार्यपालिका र व्यवस्थापिकाका अधिकारीहरू बीचको सहकार्यलाई सुदृढ गर्ने, आकांक्षी लक्ष्यहरू प्राप्त गर्न, विवेकशील नेतृत्व र कुवेती जनताको उद्देश्यहरू प्राप्त गर्न चुस्त कदम चाल्ने वकालत गर्दै त्यसलाई उहाँले विकासको माध्यम हो भन्नु भएको छ ।

कुवेती अमिर को निदनप्रति शोक समवेदना पठाउदै छिमेकी मुलुकहरु साउदी अरब, युएई, कतार, बहराईन र ओमनले समेत ३ दिन शोक मनाउने घोषणा गरेका छन ।


सम्बन्धित शीर्षकहरु

पुष्कर अथक रेग्मी - पालिका स्तरीय बालकथा प्रतियोगितामा अनिल प्रथम भयो । पुरस्कार र प्रमाणपत्र प्राप्त गरी आफ्नो र विद्यालयको…

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ…

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले…

प्रतिकृयाहरू
...